पदाधिकारी बैठकमा प्रचण्डको गुनासो – ‘राम्रो काम गरेपनि जनतामा स्थापित हुन सकिएन’ « Khabarhub

पदाधिकारी बैठकमा प्रचण्डको गुनासो – ‘राम्रो काम गरेपनि जनतामा स्थापित हुन सकिएन’


३ पुस २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


138
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहालले सरकारले राम्रो काम गरे पनि जनतामा स्थापित गर्न नसकेको गुनासो गरेका छन् ।

आज प्रधानमन्त्री निवास बालुवाटारमा बसेको पदाधिकारी बैठकमा दाहालले यस्तो गुनासो गरेका हुन ।

सरकारले बिग्रिएको अर्थतन्त्र र राष्ट्रिय सङ्कट समाधानका लागि राम्रो काम गरेको भन्दै प्रधानमन्त्री दाहालले पछिल्लो समय राष्ट्रिय र अन्तर्राष्ट्रिय कूटनीतिक सम्बन्ध स्थापित भएको बताए ।

१२-१३ महिनालाई कुल ग्रहास्थका लागि सञ्चिति  भएको र अर्थतन्त्र बिस्तारै लयमा फर्किएको उनको दाबी थियो ।

सरकारको बारेमा बाहिर विभिन्न टीकाटिप्पणी भए पनि तलमाथि केही नभएको दाहालको भनाइ थियो । पुरै कार्यकाल वर्तमान गठबन्धन सरकार नै अगाडि जाने, राष्ट्रिय सभामा गठबन्धन बनाएर विश्वासका साथ अगाडि बढेको उनले जानकारी गराएका थिए ।

पदाधिकारी बैठकमा एनसेल प्रकरणमा नेताहरूले प्रश्न उठाएपछि अध्यक्ष प्रचण्डले राज्यव्यवस्था तथा सुशासन समितिमा पेस गरेका विषय दोहोर्‍याएका र आफूले कर छलीमा एनसेललाई कानुनी दायरमा ल्याउन पहल गर्दागर्दै पनि बदनाम गर्न खोजेको दुखेसो पोखेका थिए ।

यस्तै बैठकले फागुनको पहिलो हप्ता विधान सम्मेलन गर्ने गरी विधान मस्यौदा समिति बनाउने निर्णय पनि गरेको माओवादी स्रोतले बताएको छ ।

प्रधानमन्त्री एवं अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पदाधिकारी बैठकमा चार महिने अभियानको समीक्षा र विधान सम्मेलनलाई मुख्य एजेण्डका रुपमा पेस गरेका थिए । माओवादी पदाधिकारी बैठक भोलीसम्मका लागि स्थगित भएको छ ।

प्रकाशित मिति : ३ पुस २०८०, मंगलबार  ८ : ५८ बजे

अकबरे खुर्सानीमा ‘कोत्रे’ रोग देखिएपछि किसान चिन्तामा

भोजपुर– भोजपुरमा व्यावसायिक रूपमा लगाइएको अकबरे खुर्सानीमा ‘कोत्रे’ (डढुवा) रोगको

आज ६० बढी जिल्लामा फ्ल्यास फ्लडको जोखिम : कहाँ कति खतरा ?

काठमाडौँ – जल तथा मौसम विज्ञान विभागले बिहीबार देशका ६०

काभ्रेका १२ स्थानीय तहमा कांग्रेसको नयाँ नेतृत्व चयन

काभ्रे– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत काभ्रेपलाञ्चोकका १२ स्थानीय तहमा पालिका

बेँसीसहर–चामे सडकमा राति गाडी चलाउन नपाइने

लमजुङ– बाढीपहिरोको जोखिमलाई दृष्टिगत गर्दै स्थानीय प्रशासनले बेँसीसहर–चामे सडकअन्तर्गत लमजुङ

जुफाल विमानस्थलमा सीता एयरको जहाज दुर्घटना, १३ यात्रु सकुशल

डोल्पा – नेपालगन्जबाट डोल्पाको जुफाल विमानस्थलका लागि उडेको सीता एयरको