अर्थतन्त्रको समस्या समाधान हुँदैछ : अर्थमन्त्री | Khabarhub Khabarhub

अर्थतन्त्रको समस्या समाधान हुँदैछ : अर्थमन्त्री


३ पुस २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


81
Shares
  • change font
  • change font
  • change font

कटारी – अर्थमन्त्री डा प्रकाशशरण महतले बढीभन्दा बढी प्रतिफल ल्याउने गरी काम गरिरहेको बताएका छन् । अर्थतन्त्रलाई लयमा फर्काउन सुधारका प्रयास क्रमशः कार्यान्वयन भइरहेका उनले उल्लेख गरे ।

उदयपुरको कटारी नगरपालिकामा आज स्थानीय जनप्रतिनिधिसँगको भेटघाटमा मन्त्री महतले विस्तारै समस्या न्यून हुँदै गएको बताए । मौद्रिक नीतिमा समस्या भएको उल्लेख गर्दै उनले राष्ट बैंकसँग छलफल गरेपछि अहिले ब्याज घट्ने क्रममा रहेको बताए।

‘नेपालमा केही भएकै छैन, भविष्य छैन । सबै खराब छ, अवसर नै छैन भन्ने नकारात्मक हल्ला पैmलाउने काम गरिएको छ’, मन्त्री महतले भने। गाउँमा पूर्वाधार विकासमा जोड दिएकाले सहज परिस्थिति निर्माण भइरहेको उल्लेख गर्दै उनले भने, ‘सीमित स्रोतसाधनका बीच प्राथमिकताअनुसार साथ लगानी गरिरहेका छौँ ।’

कोशी प्रदेशका प्रदेशसभा सदस्य रामकुमार खत्रीले सिरहाको मिर्चैयादेखि कटारी, घुर्मी सडकखण्ड जीर्ण भएको र वर्षौसम्म काम हुन नसकेकाले यसको निर्माणमा सरकारको ध्यान जानुपर्ने बताए ।‘यो बाटो सरकारको नजरमा नपर्दा जनताले धेरै दुःख पाएका छन्’ उनले भने ।

कटारी नगरपालिकाका प्रमुख राजेशचन्द्र श्रेष्ठले उक्त सडकका लागि पर्याप्त बजेट विनियोजन गरी यसको स्तरोन्नति गर्नुपर्ने माग राख्दै मन्त्री महतलाई ज्ञापनपत्र बुझाए।

प्रकाशित मिति : ३ पुस २०८०, मंगलबार  ९ : १२ बजे

रुसमाथिको प्रतिबन्ध लम्ब्याउन इयू नेता सहमत

एजेन्सी– क्रेमलिन मैत्री हङ्गेरीले रुसमाथिको प्रतिबन्धलाई खुकुलो पार्नसक्ने सम्भावनाबीच थप

भिजिट भिसा प्रकरणमा देउवाले भने- गृहमन्त्रीविरुद्ध झुटा आरोप लगाउने प्रयास भयो

काठमाडौं– नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले निर्धारित समयमा नै

जापान जाने प्रशिक्षार्थी कामदारमाथि ‘सिन्डिकेट’को लुट, कारबाही गर्न कांग्रेस केन्द्रीय सदस्य शिवाकोटीको माग

काठमाडौं– नेपाली कांग्रेसका केन्द्रीय सदस्य अजय बाबु शिवाकोटीले जापान जान

कुकुरको मासु बेच्न नपाउँदा कोरियाली किसानलाई तनाव

एजेन्सी – दक्षिण कोरियाली सरकारले सन्‌ २०२४ जनवरीदेखि देशभर कुकुरको

इजरायली रक्षा मन्त्रीको खुलासा- इरानी सर्वोच्च नेता खामेनेईलाई मार्न खोजेका थियौँ

तेलअभिभ- इजरायली रक्षा मन्त्री इजराइल काट्जले इरानका सर्वोच्च नेता अयातुल्ला