‘बालबालिकाका लागि गाजा संसारको खतरनाक स्थान’ | Khabarhub Khabarhub

‘बालबालिकाका लागि गाजा संसारको खतरनाक स्थान’


३ पुस २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

जेनेभा – संयुक्त राष्ट्रसङ्घीय बाल एजेन्सीका प्रवक्ताले गाजा बालबालिकाका लागि ‘संसारमा सबैभन्दा खतरनाक स्थान’ भएको बताएका छन् । प्यालेस्टिनी क्षेत्रबाट फर्केपछि त्यहाँको अवस्थामाथि आक्रोश व्यक्त गर्दै उनले सो कुरा बताएका हुन् ।

युनिसेफका प्रवक्ता जेम्स एल्डरले गाजामा करिब दुई साता बिताएपछि पत्रकार सम्मेलनमा भने, ‘सत्तामा रहनेहरूले दस लाख बालबालिकामाथि गरिएको मानवतावादी दुःस्वप्नबाट हिचकिचाएकामा म आक्रोशित छु ।’ अक्टोबर ७ मा इजराइलमा हमासले गरेको अभूतपूर्व हमलापछि गाजापट्टीमा इजराइली सेनाको बमबारी जारी रहँदा अङ्गविच्छेद भएका बालबालिकालाई ‘ती अस्पतालहरूमा मारिएको’ विषयमा उनले उल्लेख गरे ।

‘अरु पनि बालबालिका लुकेका छन् र तिनीहरूमाथि पनि निस्सन्देह हमला गरिने छ र आगामी दिनमा उनीहरूको अङ्गविच्छेद गरिनेछ भनेर हामीले कुरा गरिरहँदा मलाई ज्यादै रिस उठेको छ’, उनले भने। अहिले पनि सञ्चालित सबैभन्दा धेरै सुविधा भएको दक्षिणी गाजाको मुख्य सहर खान युनिसस्थित नासिर अस्पतालमा पछिल्लो ४८ घन्टामा दुई पटक हमला भएको उनले बताए।

‘यस अस्पतालले आफ्नो घरमा भएको आक्रमणमा नराम्ररी घाइते भएका ठूलो सङ्ख्यामा बालबालिकालाई मात्र नभएर सयौँ महिला र बालबालिकालाई सुरक्षित राखेको छ’, गाजामा हजारौँ बालबालिकाको मृत्युप्रति शोक प्रकट गर्दै उनले भने, ‘मलाई क्रिसमसका कारण बढ्दो बर्बरता र हमला हुने सम्भावना छ भन्दा रिस उठेको छ किनकी संसार आफ्नै माया र सद्भावनाबाट विचलित भएको छ ।’

प्रकाशित मिति : ३ पुस २०८०, मंगलबार  १० : १० बजे

कसको गल्तीले रोकियो देशभरको इन्टरनेट सेवा? सरकार र सेवा प्रदायक आरोप-प्रत्यारोप

काठमाडौं- नेपालभर बिहीबार अपरान्हदेखि करिब ६ घण्टासम्म इन्टरनेट सेवा प्रभावित

सात महिनाको युद्धमा प्यालेस्टिनी जिडिपी २७ प्रतिशतले सङ्कुचित

वासिङ्टन – सात महिनाको युद्धपछि गरिबी दर बढेसँगै प्यालेस्टिनी अर्थतन्त्र

सांसद बस्नेत मुछिएको सहकारी प्रकरण छानबिन गर्न सरकारलाई राप्रपाको आग्रह

राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रतिनिधि सभा सांसद गीता बस्नेत जोडिएको सहकारी

चिनियाँ राजदूत झी सहभागी कार्यक्रममा विरोध प्रदर्शन

ताइवान – ताइवानी र तिब्बती विद्यार्थीहरूले संयुक्त राज्य अमेरिकाका लागि

पर्यटकको आकर्षण बन्दै गुरुङगाउँको ‘अम्बोटे होमस्टे’

धादिङ – धादिङ जिल्लाको उत्तरी क्षेत्र गङ्गाजमुना गाउँपालिका–३ गुम्दीस्थित गुरुङगाउँको