मन्त्रीहरुलाई प्रधानमन्त्रीले काम दिएर परिचालन गर्नुपर्छ « Khabarhub

मन्त्रीहरुलाई प्रधानमन्त्रीले काम दिएर परिचालन गर्नुपर्छ

‘कार्यक्रम उद्घाटन गर्ने र रिबन काट्ने काम प्रधानमन्त्रीले गर्नु हुँदैन’


६ माघ २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – संसदीय अंकगणितले शक्तिशाली यो सरकार यति बेला धेरै समस्याको चाङ बोकेर बसेको छ । अब यो सरकारले लामो समयदेखि देश र जनतामा जरा गाडेर बसेका समस्याहरूलाई समाधान गर्ला भनेर धेरैले अपेक्षा गरेका छन् । यो सरकारको जति यसको अंकगणितिय शक्ति छ, त्यसको आधारमा लामो समय देखि कचल्टिएर रहेका समस्यालाई समाधान गर्ने खालका काम गर्ला त ? यसै विषयमा आधारित रहेर नेपाली कांग्रेसका नेता लोकेश ढकालसँग सुशील पाण्डेले गरेको कुराकानीको सम्पादित अंश:

यो सरकारले देश र जनताका समस्या समाधान गर्ला ?
एउटा राजनीतिक दलको नेताको परिवर्तनले मात्र समस्या समाधान हुँदैन । नेपाली राजनीतिमा २०६४ यताको दुई वटा संविधान बनेर पनि देश र जनतालाई खुसी बनाउन सकेको छैन । पहिलो कुरा नेपाली राजनीतिमा स्थायित्व नै भएन । नेपालको राजनीतिक इतिहासमा ९९ दशमलव २५ प्रतिशत सांसदको समर्थन हुन्छ । तर यति हुँदा नै प्रधानमन्त्री शक्तिशाली हुन्छ समस्या समाधान हुन्छ भन्ने छैन । दाउपेचको राजनीतिको परिणाम हो ।

प्रधानमन्त्री अहिले भागबन्डामा लाग्नु परेको छ, त्यसमा कसरी विकास होला ?
विकास गर्न पहिला त सरकारमा स्थायित्व चाहिन्छ । अहिले प्रचण्ड एकल बहुमत हैन नि । हिजो नेकपा माओवादी र एमालेको बिचमा एकता भए पछि झन्डै २ वर्ष मधेसको साथमा सरकार चलाउँदा त टिक्न सकेन । अहिले ७ वटा पार्टीहरू छन् त्यसमा सबैलाई मिलाउनु पर्दछ । ओलीलाई पनि ३ वर्षमा बाहिर केही गर्न त परको कुरा आन्तरिक द्वन्द्व मिलाएर बस्नु परिरहेको छ । माओवादीको त्यस्तै समस्या छ । कांग्रेस पनि यो देशको सबै भन्दा ठुलो पार्टी भयो । तर समस्या र प्रवृत्ति उस्तै छ ।

कांग्रेसले षड्यन्त्रका रूपमा मत भार दियो अनि त्यो प्रचण्डलाई भार भयो भन्ने हो ?
कांग्रेसले षड्यन्त्रका रूपमा मत दियो भन्दा पनि प्रधानमन्त्री आफै पूर्व प्रधानमन्त्री कहाँ पुगे पछि यो अवस्था आएको हो । यो अहिलेको सरकारमा विदेशी शक्तिको चलखेल छैन भनेर भन्न सकिँदैन । सरकारमा ओलीले दुई पटक संसद् विघटन गरेको अवस्थामा नेकपा एकिकृत समाजवादीका अध्यक्ष र माओवादीका अध्यक्ष बन्नु होस भने पछि प्रधानमन्त्री बन्नु एउटा कुरा हो । निर्वाचनमा गठबन्धन गरेपछि गठबन्धनको धर्मलाई स्विकार्नु पथ्र्यो । जुन दिन नेपाली कांग्रेसको एक्लै कार्य समितिको बैठक र पदाधिकारीहरूको बैठकले राष्ट्रपति पनि हामीलाई नै चाहिन्छ, प्रधानमन्त्री पनि हामीलाई नै चाहिन्छ भनेपछि गठबन्धनको धर्म निर्वाह गरेको देखिएन । प्रचण्ड बिच्किएर एमालेसँग जानुको प्रमुख कारण कांग्रेस हो । कांग्रेस दलहरूको पनि दल हो । उसले त दलहरूलाई पनि मिलाएर लैजानु पर्दछ । नेपालको राजनीतिमा संसदीय पद्धतिको जननी हो कांग्रेस ।

कांग्रेसको यो गैरसंसदीय अभ्यास हो ?
त्यो कांग्रेस आफैले विश्वास गरेको संसदीय पद्धतिको मूल्य र मान्यता विपरीत प्रतिपक्ष विहीन अवस्थामा देशलाई पुर्‍याउनु गैरसंसदीय अभ्यास नै हो ।

अब प्रचण्डले सबैलाई मिलाएर लैजान सक्छन् त ?
आशावादी हुनु एउटा हो । प्रधानमन्त्रीले ९९ दशमलव २५ संसदको बहुमत पाउँदैमा म सक्षम हुँ भनेर खुसी हुनु पर्दैन । अहंकारमा अल्झेर बस्न कांग्रेसले बहुमत दिएको हैन । त्यसैले यो सरकारले हरेक भ्रष्टाचारको अन्त्य होस् र सुशासन कायम होस् भनेर काम गर्नुपर्छ । अहिले सात दललाई कसरी मिलाउने भनेर मात्र लाग्नु भएन । नाम मात्र माओवादी केन्द्र हो । पछिल्ला वर्ष लगातार खिइँदै गइरहेको छ । गठबन्धन नभएको भए माओवादीको हालत के हुन्थ्यो सबैलाई थाहा छ ।

यो सरकारले जनताले महसुस गर्ने गरी के गर्नु पर्ला ?
पहिला त राजनीतिक अस्थायित्व हुनु पर्याे । सबैलाई खुसि बनाउनु पर्याे । गर्न चाहने व्यक्तिले विकास गर्दछ । जति सक्छ, जनताको लागि गर्ने छु भन्नु पर्याे अनि मात्र विकास हुन्छ । रिबन काट्दै हिँडेर समस्या समाधान हुँदैन । प्रधानमन्त्री के कतिसम्म जाने त्यो निर्धारण गर्नु पर्याे । जति मन्त्रीहरूले काम गर्छन्, त्यसको निर्धारण गर्ने प्रधानमन्त्रीले हो । भ्रष्टाचार तुरुन्त अन्त्य गर्नु पर्याे । अर्थतन्त्रमा सुधार गर्नु पर्याे । तत्काल सबै एकै पटक गर्न पर्छ भन्ने छैन । जनतालाई आशाका किरण छर्नु पर्याे ताकि यो सरकारले केही गर्दै छ है भन्नु पर्याे ।

(प्रस्तुति : पुष्पाञ्जली बस्नेत)

प्रकाशित मिति : ६ माघ २०७९, शुक्रबार  १२ : ४८ बजे

विश्वकप: अमेरिकाले इरानी समर्थकको टिकट रद्द गरेको इरानको दाबी

तेहरान – इरानी फुटबल महासङ्घले सन् २०२६ को विश्वकप सह–आयोजक

प्रतिनिधिसभा बैठक बस्दै, बजेटमाथि उठेका प्रश्नमा अर्थमन्त्रीले जवाफ दिने कार्यसूची

काठमाडौँ– संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक

यस्तो छ आजको मौसम पूर्वानुमान

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

विश्वकपको तयारी: पोर्चुगल र नाइजेरिया भिड्दै, के रोनाल्डो खेल्लान् ?

काठमाडौँ – विश्वकपको प्रमुख दाबेदार मानिएको पोर्चुगलले आफ्नो अन्तिम मैत्रीपूर्ण

इयू टी-२०: दीपेन्द्र र गुल्सन चम्किए पनि जेबी ब्रुग्स पराजित

काठमाडौँ – बेल्जियममा जारी ‘इयू टी–२० बेल्जियम लिग’ मा नेपाली