देश बनाउने मिसनमा सिंहदरबार जान पाएको छैन « Khabarhub

देश बनाउने मिसनमा सिंहदरबार जान पाएको छैन


६ माघ २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : 3 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ : नेपाली कांग्रेस देशको सबै भन्दा ठुलो दल बनेको छ । तर लोकप्रिय मतमा भने कांग्रेसलाई एमालेले उछिनेको छ । माओवादीलाई गठबन्धनमा सुरक्षित राख्न नसक्दा एमाले सरकारमा गयो भने कांग्रेस सत्ताबाट हात धोएर बस्नु परेको छ । यस्तो अवस्थामा पनि नरुचाएको नेतृत्व बर्चश्वका साथ निर्णायक हैसियतमा छ । दोस्रो पुस्ता भनिएका र दोस्रो तहका नेताहरू पनि आफ्नो सहायक राजनीतिक भविष्य सुरक्षामा अन्योलताका कारण अन्योलमा परेका छन् । नेपाली कांग्रेस सत्ता पक्ष हो कि प्रतिपक्ष हो भनेर भन्न सकिएको छैन । अब नेपाली कांग्रेस कसरी अगाडि बढ्ला ? यसै विषयमा आधारित रहेर नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङसँग राजु थापाले गरेको कुराकानीको सम्पादित अंशः

चुनावपछि कांग्रेस विकासतर्फ लागेको हो कि सत्ताको लोभमा फसेको हो ?
कांग्रेसभित्र र बाहिर जुन अपेक्षा थियो, आफू भित्र एउटा ऊर्जा उत्साह र संकल्प जे थियो त्यो पुरा गर्न सकिएको छैन । सभापति भनेको सभापति नै हुने रहेछ । मैले पार्टीमा शीर्ष नेताहरूकै सम्पत्ति छानबिन गर्नु पर्दछ भने त्यो छानबिन नै भएन । म भित्र भएको आँट साहसलाई राखे, तर कार्यान्वयन भएन म सभापति भएको भए कार्यान्वयन गराउँथे । अहिले त्यति मात्रै भन्नुपर्छ । सभापतिले गर्दा नै कांग्रेस चुनावपछि विकासतर्फ लाग्नुपर्नेमा सत्ताको लोभमै फसेको हो कि भन्ने महसुस सबैलाई फसेको देखिन्छ ।

तपाईंहरु आफू केही गर्न नसक्ने दोष सभापतिलाई दिएर पानी माथिको ओभानो बन्न खोजेको हो ?
हामी आफू पनि प्रमुख पदाधिकारी भित्र नै छौँ । त्यसमा हामीले देखिने गरी काम गर्नु पर्दथ्यो । धेरै हामीमा पनि गल्ती कमी कमजोरी रहे । एक वर्ष गयो । अबको दिनमा तीन विगतका कमजोरी पुनःमूल्यांकन गरेर अघि बढ्नुपर्छ ।

अब कहिले हतार गरेर जनताको भावनालाई पुरा गर्न हुन्छ ?
मुलुक, जनता र देशको लागि हामीले फड्को मार्नु पर्दछ । त्यहाँ हामीले देखिने गरी काम गर्नु पर्दछ । राष्ट्रिय स्वतन्त्र पार्टी जुन ६ महिनामा नै सरकारमा पुगेको छ त्यो बाट पनि हामीले केही सिक्नु पर्दछ । अहिले नेपालको राजनीति धेरै बिग्रीएको छ । प्राय सबै पार्टीहरूमा हामीले गर्नु पर्ने काम एकातिर छ, तर हामी अर्को तिर गएको छौँ । काम गर्ने हो सस्तो लोकप्रियताको लागि काम गर्ने हैन । कामको लागि धनराज गुरुङले सिंहदरबारमा अहिले सम्म पाइला टेक्न पाएको छैन । काम गर्ने भनेको कार्यकारी हो । देश बनाउने सपना देखेर पनि सिंहदरबारमा बसेर काम गर्ने अवसर पाएको छैन ।

सबै मिलाउन सक्ने ठुलो पार्टी नेपाली कांग्रेस भएपनि तपाईंहरुकै नेतृत्वको कारणले हातबाट सत्ता खुस्कियो भन्ने धेरैको भनाई छ, त्यसको अपजस कसले लिन्छ ?
यसमा निश्चित रूपमा हामी चुक्यौँ । संविधानको धारा ७६ को उपधारा २ मा नै जानु पर्दछ सबैलाई मिलाएर लानु पर्दछ भन्ने थाहा हुँदा हुँदै पनि यो परिवेश आयो । चुनाव सम्पन्न भए पछि सरकार बनाउने बेला राजनीतिक नीति नियम तोड्नु हामीबाट गल्ती भएको नै हो । यो सबै हुँदा हामीलाई, महामन्त्रीहरू कसैलाई पनि बोलाइएन, बोलाएको भए यो सबै हुँदैनथ्यो ।

अब कसरी परिवर्तन गर्नु हुन्छ ?
हामीले विगतमा जुन कमी कमजोरी गर्यौ त्यो अब गर्नु हुँदैन । त्यसमा हामीले पनि आफ्नो जिम्मेवारी निभाउनु  पर्‍यो। हामी भित्र कमीकमजोरी जे भए अहिले पनि जनताको अपेक्षा हामी सँगै छ । त्यो अपेक्षा अनुसार हामी जानु पर्दछ । प्रतिकुल परिस्थितिलाई अनुकूल बनाउने दायित्व, जिम्मेवारी कला राजनीतिक दलमा हुनु पर्दछ ।

प्रचण्ड सरकारलाई समर्थन दिने काम सही थियो ?
हामी सबै कांग्रेस दलले निर्णय गरेर ८८ जनाले प्रधानमन्त्रीलाई बहुमत दियौँ ।

तपाईँले के आधारमा प्रधानमन्त्रीलाई विश्वासको मत दिनुभयो ?
जब हाम्रो कार्य सम्पादन समितिले विश्वासको मत दिँदा यहाँ धेरै समस्याहरू छन् । पहिला त देश कहाँ रहने त्यो ध्यान दिनु पर्दछ । आज कर्मचारीमा तलब खुवाउने पैसा पनि छैन । त्यसमा हामीले त प्रधानमन्त्रीलाई तपाई ढुक्क भएर अगाडि बढ्नुहोस्, नेताहरूको भ्रष्टाचार छानबिन गर्नुस्, हामी प्रतिपक्षले पनि समर्थन गर्यौ है, कहाँ कहाँ के सहयोग गर्नु पर्दछ हामी त्यो गर्छौ है भनेर भनेका हौँ । सबै भन्दा ठुलो धर्म भनेको देश र जनता हो । अहिले जुन समस्याहरू छन् त्यसलाई समाधान गर्न हामी पनि साथ दिन्छौँ है भनेर भनेको हो ।

देशी विदेशी शक्तिले समेत अहिलेको सरकारको अनुकूल विश्वासको मत दिएर कांग्रेसलाई भूमिकामा ल्याउन चाहेको र अहिलेका ओलीले जसरी गठबन्धन बनाए त्यसलाई टुटाउन चाहेको छ, त्यसबाट प्रभावित भएर नेपाली कांग्रेसले यो रणनीति गरेको भनिन्छ नि ?
देशी शक्ति भनेको जनता हो । विदेशी शक्ति म चिन्दिन । विदेशी शक्तिको हाते लौरो टेरेर सरकारमा जानु भन्दा प्रतिपक्षमा बस्नु निकै राम्रो हो । राजनीतिमा रणनीति हुन्छ, तर यसमा रणनीति छैन ।

लोकतन्त्रमा युवा आओस् सेवा प्रवाह गरोस् भन्ने हुन्छ, त्यस अनुरूप लाग्ने तयारी गर्नु भएको छ ?
मुलुक र जनतालाई केन्द्रमा राखेर त्यस्तो एजेन्डा आयो भने हामीले समर्थन गर्नु पर्दछ । प्रतिपक्ष भनेको ‘वाचडग’ हो । अहिले देशको आर्थिक अवस्था निकै  खुम्चिएकोछ । प्रतिपक्ष भनेको आन्दोलन नै गर्ने, सडकको इँटा उक्काइ हाल्ने सांसदभित्र कुर्सी भाँच्नु नै पर्ने तर तलब भत्ता खानु नै पर्ने भन्ने मान्यता छ ।

अब गठबन्धनबाट धोका हुँदैन नि ?
हामीलाई धोका भएर केही हुँदैन । तर देश र जनतालाई धोका दिनु र हुनु भएन । ७६ वर्ष पार गरेको छ कांग्रेसले । ठूला ठूला क्रान्ति गरेर आएको छ अब पनि आर्थिक समस्यामा क्रान्ति आवश्यक छ ।

कांग्रेसमा पुराना नेताहरू जड गाँडेर बसेका छन्, यो परिवर्तन गर्न चाहन्छौँ भन्ने व्यक्तिलाई पनि निराश बनाएको छ ?
मेरो मिसन भनेको देश बनाउने हो । हामी सिंगो मुलुकलाई विकास तर्फ लैजान चाहन्छौँ । देश बनाउन सबै उच्च तहका नेताहरूको सम्पत्ति छानबिन गर्नु पर्दछ । राम्रो काम गर्न विश्वासको मत दिएको हो सरकारलाई यो काम गर्नु नै पर्दछ ।

देउवा र प्रचण्डबीच हुन सक्ने पुनर्मिलनलाई प्रक्षेपण गरौँ न ?
नेपाली राजनीतिमा प्रेम र धोकाको शृङ्खला लामै छ । कति बेला के हुन्छ, थाहा नै नहुने छ । यो देशमा सुशासन कायम गर्नु पर्दछ, भ्रष्टाचार अन्त्य गर्नु पर्दछ ।

(प्रस्तुति : पुष्पाञ्जली बस्नेत)

प्रकाशित मिति : ६ माघ २०७९, शुक्रबार  २ : २९ बजे

पोखरीभन्दा ठूला माछाहरूको आतंक

संसद्को पहिलो बैठक बसेपछि राजा महेन्द्रले थप कामकारवाहीबारे छलफल गर्न

वाइफाइ जडान गर्ने क्रममा करेन्ट लागेर महिलाको मृत्यु

भद्रपुर– झापाको बाह्रदशी गाउँपालिका–२ मा वाइफाइको प्लग जोड्ने क्रममा नाङ्गो

लेबनानमा इजरायली आक्रमण जारी, हिज्बुल्लाहद्वारा प्रत्याक्रमण

काठमाडौं– लेबनानमा इजरायलले आक्रमण जारी राख्दा त्यसको प्रत्युत्तरमा हिज्बुल्लाहले पनि

लुम्बिनी प्रदेशसभाको १०औँ बैठक बस्दै

घोराही– लुम्बिनी प्रदेशसभाको सातौँ अधिवेशनअन्तर्गत १०औँ बैठक आज बिहान ११ः००

कपिलवस्तुमा बस दुर्घटना, २६ जना घाइते

कृष्णनगर– पूर्व–पश्चिम राजमार्गअन्तर्गत कपिलवस्तुको बनकसवासामा गएराति बस दुर्घटना हुँदा २६