ब्रेकिङ स्टोरी

काठमाडौंका लागि उडेको विमान झापामा अवतरण

By खबरहब

January 20, 2023

काठमाडौँ – बाँकेको नेपालगञ्ज विमानस्थलबाट काठमाडौंका लागि उडेको विमान झापामा अवतरण गरेको छ ।

आज बिहान करिब साढे ७ बजे उडेको श्री एयरलाइन्सको ४४० विमान ९ बजेतिर चन्द्रगढ विमानस्थलमा अवतरण गरेको हो ।

काठमाडौँमा भिजिबिलिटी निकै कम भएका कारण अवतरण हुन नसकेको काठमाडौं विमानस्थलले जनाएको छ ।

आज बिहान भिजिबिलिटी कम भएका कारण त्रिभुवन विमानस्थलबाट हुने उडान प्रभावित भएका थिए।