फाइल फोटो

ब्रेकिङ स्टोरी

रास्वपाले इन्दिरालाई उपसभामुखको उम्मेदवार बनाउने

By खबरहब

January 20, 2023

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टीले इन्दिरा रानालाई उपसभामुखको उम्मेदवार बनाउने भएको छ। शुक्रबार बिहान बसेको रास्वपाको संसदीय दलको बैठकले रानालाई उपसभामुखको उम्मेदवार बनाउने निर्णय गरेको हो।

सत्तारुढ गठबन्धनबीच उपसभामुख रास्वपाले पाउने सहमति भएको छ। त्यसैले अब राना सत्तागठबन्धनको साझा उम्मेदवार बन्ने भएकी छन्। यसअघ रास्वपामा सोविता गौतम, सुमना श्रेष्ठ, चन्दा कार्कीको नाम चर्चामा थियो। चारमध्ये उप्रेतीले सभामुख बन्न निकै लबिइङ गरेकी थिइन्। अब उनी इन्दिराको प्रस्तावक बन्ने भएकी छन्।

प्रतिनिधिसभाको उपसभामुख चयनका लागि शुक्रबार उम्मेदवारी दर्ता हुँदैछ। प्रतिनिधिसभाले बिहीबार सभामुख पाएसँगै आजबाट उपसमाभुखको निर्वाचन प्रक्रिया सुरु गरिएको हो। संघीय संसद सचिवालयले सार्वजनिक गरेको कार्यतालिकाअनुसार मनोनयन दिउँसो १ देखि अपराह्न ४ बजेसम्मका लागि तोकिएको छ।