आत्मनिर्भर लघुवित्तले आइपिओ खुला गर्दै « Khabarhub

आत्मनिर्भर लघुवित्तले आइपिओ खुला गर्दै


६ माघ २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– आत्मनिर्भर लघुवित्तले आइपिओ बिक्री खुला गर्ने भएको छ । कम्पनीले सर्वसाधारण र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आईपीओ खुला गर्न लागेको हो । यस कम्पनीले सर्वसाधारण लगानीकर्तालाई फागुन ११ गतेदेखि र वैदेशिक रोजगारीमा रहेकालाई माघ १६ गतेदेखि आईपीओ निष्कासन गर्न लागेको हो ।

लघुवित्तले आफ्नो जारी पुँजीको ६ करोड २३ लाख ३८ हजार रुपैयाँको ३२.६२५५ ले हुन आउने २ करोड ३ लाख ३८ हजार रुपैयाँ बराबरको आईपीओ जारी गर्न लागेको हो ।  यसमा फागुन १५ गतेसम्म सर्वसाधारणहरूले आवेदन दिन सकिनेछ भने कम्पनीले सो अवधिमा सबै सेयर बिक्री नभएमा फागुन २५ गतेसम्म आवेदन दिन सक्ने जनाएको छ ।

यसमा माघ १ गतेसम्म वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले आवेदन दिन सकिनेछ । दुवैले यसमा न्यूनतम १० कित्तादेखि अधिकतम १ हजार कित्ताको लागि आवेदन दिन सक्नेछन् । कम्पनीले प्रतिसेयर एक सय रुपैयाँ अंकित मूल्यमा २ लाख ३ हजार ३८० कित्ता सेयर निष्कासन गर्ने भएको हो । जसमध्ये २० हजार ३३८ कित्ता सेयर अर्थात् १० प्रतिशत वैदेशिक रोजगारीमा रहेका नेपालीहरूलाई निष्कासन गर्न लागेको हो ।

 जारी पुँजीको ३ हजार ११७ कित्ता सेयर कर्मचारीहरू र १० हजार १७० कित्ता सामूहिक लगानी कोषका लागि सुरक्षित गरिएको छ । सर्वसाधारणले बाँकी रहेको १ लाख ६९ हजार ७५५ कित्ता सेयरका लागि आवेदन दिन सक्ने छ । लगानीकर्ताले सि-आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था अथवा मेरो सेयरमार्फत सेयर भर्न सक्नेछन् ।

प्रकाशित मिति : ६ माघ २०७९, शुक्रबार  १ : ०६ बजे

फिल्मका पछिल्ला १० वर्ष : ब्याजले लम्बिएको हिट लिस्ट

काठमाडौं – नेपाली फिल्मको बजार ४६ करोड ८७ लाखभन्दा बढीको

म्याग्दीको रत्नेचौर–भकुण्डे सडक : कालोपत्र गरिएको सडकमा खाल्डैखाल्डा

म्याग्दी– बेनी नगरपालिकाको रत्नेचौर–भकुण्डे सडक योजना निर्माण पुरा नहुँदै कालोपत्र

सुनौलो परिवार नेपाल र रिलायन्स फाइनान्सबीच सहकार्य

काठमाडौं– यौन तथा प्रजनन स्वास्थ्यसम्बन्धी जनचेतना अभिवृद्धि तथा सेवाको पहुँच

राष्ट्र बैङ्कले एक अर्ब २० करोड बैङ्क तथा वित्तीय संस्थामा लगानी गर्ने

काठमाडौं– नेपाल राष्ट्र बैङ्कले कर्मचारी सुरक्षण कोषमा रहेको एक अर्ब

प्रतिनिधिसभा निर्वान : देशभर १० हजार ९६७ मतदान स्थल कायम

काठमाडौं– आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्य