चोरीमा संलग्न रहेको आरोपमा एकजना पक्राउ « Khabarhub

चोरीमा संलग्न रहेको आरोपमा एकजना पक्राउ


६ माघ २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

दाङ– घोराही उपमहानगरपालिका-१४ स्थित ग्लोबल ओरियन्टस् नेपाल प्राइभेट लिमिटेडको कार्यालयमा चोरी भएको घटनामा संलग्न रहेको आरोपमा घोराही उपमहानगरपालिका-३ गोग्ली घर भई सोही उपमहानगरपालिका-१५ आईरनगेट नजिक डेरा गरी बस्ने १९ वर्षीय रेशम चौधरीलाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ । 

उक्त कार्यालयमा चोरी भएको भन्ने खबर प्राप्त हुनासाथ वडा प्रहरी कार्यालय घोराहीबाट खटिएको प्रहरीले चोरीमा संलग्न सोही लिमिटेडमा कार्यरत कर्मचारी चौधरीलाई नगद १ लाख ८८ हजार रूपैयाँ सहित फेला पारी पक्राउ गरेको हो । 

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति : ६ माघ २०७९, शुक्रबार  १ : ४६ बजे

बागमतीमा अस्पताल अनुगमन अभियान सुरु

भक्तपुर– बागमती प्रदेश सरकार मातहत रहेका अस्पतालहरूको अनुगमन, निरीक्षण अभियान

चौधौँमा हारेका प्रदीपले पन्ध्रौँ महाधिवेशनमा पनि महामन्त्रीमै प्रतिस्पर्धा गर्ने

काठमाडौं- नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री प्रदीप पौडेलले १५औँ महाधिवेशनमा

नवीकरणीय ऊर्जा क्षेत्र तीव्र बनाउन चीनको नयाँ योजना

एजेन्सी – चीनले नवीकरणीय ऊर्जा क्षेत्रलाई तीव्र रूपमा अघि बढाउने

नक्कली शैक्षिक प्रमाणपत्र प्रयोग गरेको आरोपमा प्रहरी वरिष्ठ उपरीक्षकविरुद्ध मुद्दा दायर

काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नक्कली शैक्षिक प्रमाणपत्र प्रयोग गरी