कर्णाली प्रदेश सरकारलाई कांग्रेसले जोगाउँछ : पूर्वमुख्यमन्त्री शाही « Khabarhub

कर्णाली प्रदेश सरकारलाई कांग्रेसले जोगाउँछ : पूर्वमुख्यमन्त्री शाही


६ माघ २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

सुर्खेत– कर्णाली प्रदेशका पूर्वमुख्यमन्त्री तथा कांग्रेस संसदीय दलका नेता जीवनबहादुर शाहीले कर्णाली प्रदेश सरकार ढल्न लागेमा कांग्रेसले जोगाउने बताएका छन् । प्रदेशसभाको शुक्रबारको बैठकमा मुख्यमन्त्री राजकुमार शर्माले विश्वासको मत माग्दै गर्दा त्यसको जवाफमा शाहीले अहिले सहयोग गर्न नसकिने, तर सरकार ढल्न लागेमा सहयोग गरेर जोगाउने प्रतिबद्धता व्यक्त गरे ।

‘अहिले सरकारलाई बहुमत ठिक छ, योभन्दा बढी दिएमा फेरि गिलासबाट पानी पोखिएझैँ होला । त्यसैले हामी पानि पोख्न चाहँदैनौँ , अहिले तपाइसँगै गिलास भर्ने पानी ठिक छ,’ शाहीले भने, यदि मुख्यमन्त्रीज्यू अल्पमतमा परे भने त्यतिबेला हामी बहुमत बनाउनका लागि ढाल बनेर सहयोग गर्नेछौँ ।’ 

शुक्रबार कर्णाली प्रदेशका मुख्यमन्त्री शर्माले विश्वासको मत लिँदैछन् । मुख्यमन्त्री शर्माले आफूलाई विश्वासको मत दिन आग्रह गर्दै कर्णालीको विकासका बारेमा आफ्ना योजना सुनाएका थिए । ती योजनाहरु सुन्दा आफू  ‘कन्फ्युज’ भएको नेता शाहीले टिप्पणी गरे । 

‘म कन्फ्युज भइरहेको छु । मुख्यमन्त्रीले विश्वासको मत माग्दै हुनुहुन्छ वा कुनै नीति कार्यक्रम योजना पढिराख्नु भएको छ,’ शाहीले भने, ‘हप्ता दिनदेखि दुई जना मन्त्री विनाविभागीय राख्नुभएको छ । मन्त्री नियुक्त गर्ने विषयमा केन्द्रको मुख ताक्ने नेताले कसरी आफ्ना योजनाहरू पूरा गर्लान् ?’

आफूलाई विश्वासको मत दिन चाहना भए पनि संसद्को बसाइ व्यवस्थापनका कारणले पनि विश्वासको मतको विपक्षमा मतदान गर्न बाध्य पारिएको शाहीले बताए । ‘मलाई विश्वासको मत दिन मन छ । तर, म बस्ने सिट अगाडी विपक्षी दल लेखिएको छ,’ शाहीले भने ।

प्रकाशित मिति : ६ माघ २०७९, शुक्रबार  ३ : ५१ बजे

मोरङ–१ का रास्वपा उम्मेदवार यज्ञमणि न्यौपानेले थाले घरदैलो अभियान

मोरङ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का तर्फबाट मोरङ क्षेत्र नम्बर

ठगीको अभियोगमा चार जना पक्राउ

काठमाडौं- प्रहरीले वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश

मधेशबारे अब काठमाडौंमा फरक बहस हुन्छ : गगन थापा

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले मधेशबाट निर्वाचन लड्ने निर्णय

धनगढीमा बालेन, उम्मेदवारहरूको सम्पर्क कार्यालय धाउँदै (तस्बिरहरू)

कैलाली– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन)

ट्रम्पको कर चेतावनीले दक्षिण कोरिया चिन्तित

एजेन्सी – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अटोमोबाइल, काठ र फार्मास्युटिकल्स