मौरीपालनबाट मनग्य आमदानी | Khabarhub Khabarhub

मौरीपालनबाट मनग्य आमदानी


६ माघ २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


99
Shares
  • change font
  • change font
  • change font

रुकुमपूर्व– जीवनको उर्जाशिल दुई दशक वैदेशिक रोजगारीका सिलसिलामा खाडी मुलुकमा बिताएपछि यतिबेला रुकुमपूर्व भूमे गाउँपालिका-३ का ४४ वर्षे भागीमान पुन गाउँघरमै कृषि पेशामा रमाउन थालेका छन् ।

रोजगारीको सिलसिलामा साउदी, कतार र मलेसियाका विभिन्न कम्पनीमा काम गरेका उनी यतिबेला घरमै मौरी र बङ्गुरपालन गरिरहेका छन् । खाडी मुलुकमा काम गर्दा औसत मासिक ३० हजार कमाउने उनले अहिले भने मासिक औसतमा २५ हजार कमाइरहेको बताए। विदेशमा दुःख गरे जस्तो कमाइ नभएपछि उनी स्वदेश फर्किएर कृषि कर्ममा लागेका हुन् ।

उनले भने , ‘घरमा अहिले ३७ वटा माहुरीका घार छन् । वार्षिक आम्दानी तीन लाखको हारहारीमा भइरहेको छ ।’ विदेशमा घामपानी, भोक, निद्रा नभनी काम गर्दा हुने आम्दानीभन्दा स्वदेशमै सुरु गरेको व्यवसायबाट भएको आम्दानी धेरै ठूलो भएको उनको भनाइ छ ।

‘पहिले लेकभरि भैँसी बगाल हुन्थे, घरको गुजारा यसैबाट चलेको थियो’, भागीमानले भने, ‘संकटकाल लागेपछि मेरो सबै सम्पत्ति सकियो र म विदेशिन बाध्य भएँ ।’ विदेशमा पनि कमाइ राम्रो नभएपछि स्वदेशमै केही गर्नुपर्छ भन्ने उद्देश्यका मौरीपालन व्यवसाय सुरु गरेको उनको भनाइ छ । भागीमानले सेराना जातको मौरी पालेका छन् ।

भागीमानले विसं २०७६ देखि बङ्गुरपालन पनि गर्दै आएका छन् । सुरुमा एउटा भाले र दुईवटा माउबाट सुरु गरेको बङ्गुरपालनबाट पनि राम्रो आम्दानी हुने गरेको उनले बताए ।

उनका अनुसार अहिले पुनसँग एक भाले र चार बङ्गुरका माउ छन् । बङ्गुरको पाठा, मासु बिक्री वितरणबाट पनि मासिक २० हजार आम्दानी भइरहेको उनको भनाइ छ । यसरी स्थानीयस्तरमा व्यवसाय गर्नेलाई प्रोत्साहनस्वरुप स्थानीय सरकारले सहयोग गरिदिए हुन्थ्यो भन्ने भागीमानलाई लागेको छ ।

प्रकाशित मिति : ६ माघ २०७९, शुक्रबार  ४ : २५ बजे

इलाममा दुईवटा बेलिब्रिज निर्माण, स्थानीयलाई राहत

इलाम –इलाममा एक वर्षमा दुईवटा बेलिब्रिज निर्माण गरिएका छन् ।

चन्द्रनहरमा डुबेर एक जनाको मृत्यु

सप्तरी – जिल्लाको कञ्चनरुप नगरपालिका–८ चाँदनी चोक नजिक चन्द्रनहरमा डुबेर

तनहुँ जलविद्युत् आयोजना समयमा सम्पन्न गर्न सहजीकरण गर्छौं : मुख्यमन्त्री पाण्डे

तनहुँ – गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले तनहुँ जलविद्युत् आयोजना

नेपाललाई समृद्ध बनाउन कृषि र पर्यटन विकासमा ध्यान दिनुपर्छ : महासचिव पोखरेल

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एमाले) महासचिव शङ्कर पोखरेलले जनताको

अवरुद्ध त्रिभुवन राजपथ सञ्चालन

मकवानपुर – मकवानपुरको काठमाडौं–हेटौँडा खण्डको त्रिभुवन राजपथअन्तर्गत भिमफेदी गाउँपालिका–९ लामिडाँडामा