एकथान निरिह गृहमन्त्री रवि लामिछाने होइन : रास्वपा नेता कार्की « Khabarhub

एकथान निरिह गृहमन्त्री रवि लामिछाने होइन : रास्वपा नेता कार्की


६ माघ २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- हत्या आरोपी सांसद्लाई पक्राउ गर्न नसक्नु गृहमन्त्री रवि लामिछानेको अक्षमता भएको राष्ट्रिय स्वतन्त्र पार्टीकै एक जना नेताले टिप्पणी गरेका छन् । सामाजिक सञ्जाल फेसबुकमा पोस्ट गर्दै राष्ट्रिय स्वतन्त्र पार्टीका नेता गणेश कार्कीले हत्या आरोपी सांसद लक्ष्मी महतो कोइरीलाई पक्राउ गर्न नसक्नु दण्डहीनताको प्रश्रय र ‘तत्कालका लागि गृहमन्त्रीको अक्षमता’ रहेको टिप्पणी गरेका हुन् ।

उनले फेसबुकमा लेखेका छन्, ‘कोइरी थुनामा नहुनु दण्डहीनताको प्रश्रय हो र, हाम्रो पार्टीका सभापति तथा गृहमन्त्रीले कोइरीलाई थुनामा पठाउन नसक्नु तत्कालका लागि अक्षमता हो भन्नलाई धेरैबेर सोच्नसम्म पर्दैन ।’

अदालतले थुनामा राख्न आदेश दिएका व्यक्तिहरु थुनामा नै भेटिनु पर्ने उल्लेख गर्दै उनले यस्तो नहुनुको कारण आम नागरिकले थाहा पाउनु पर्ने जनाएका छन् । राजनीतिक रुपमा यस प्रक्रिया पूरा गर्न नसकेको भए सभापतिले यसबारे पनि जानकारी गराउनुपर्ने उनको भनाइ छ ।

उनले जनताले देख्न चाहेको रवि लामिछाने टिभीमा सिधा कुरा चलाउँदै गरेको रवि लामिछाने नै रहेको उल्लेख गर्दै रवि लामिछाने एकथान निरिह गृहमन्त्री नभएको टिप्पणी गरेका छन् ।

उनले लेखेका छन्, ‘हामीले देख्न चाहेको रवि लामिछाने टिभीमा सिधा कुरा चलाउँदै गरेको रवि लामिछाने नै हो । हामीले भेट्न खोजेको रवि लामिछाने आफ्ना कुरा नदबाइ आममानिसले बुझ्न सक्ने सिधा भाषामा मुखरित हुन सक्ने रवि लामिछाने नै हो । एकथान निरिह गृहमन्त्री रवि लामिछाने होइन ।’

प्रकाशित मिति : ६ माघ २०७९, शुक्रबार  ४ : ४० बजे

कपिलवस्तुमा बस दुर्घटना, २६ जना घाइते

कृष्णनगर– पूर्व–पश्चिम राजमार्गअन्तर्गत कपिलवस्तुको बनकसवासामा गएराति बस दुर्घटना हुँदा २६

आज राष्ट्रपतिले दुबै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्ने 

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसद्को दुबै सदनको संयुक्त बैठकलाई

कार्की आयोगको प्रतिवेदनबारे कांग्रेसले गर्‍यो छलफल आह्वान

काठमाडौँ– नेपाली कांग्रेसले ‘जेनजी’ आन्दोलनका क्रममा भएका घटनाबारे गठित जाँचबुझ

‘मुन्दुम पदमार्ग’ क्षेत्रमा गुराँस ढकमक्क

भोजपुर– वसन्त ऋतुको आगमनसँगै पूर्वी पहाडी भेगका वन–जङ्गल यतिबेला राताम्य

बेनीमा ‘वडा पर्यटन परियोजना’

म्याग्दी– बेनी नगरपालिकाले ‘वडा पर्यटन परियोजना’ सञ्चालन गरेको छ ।