देश/प्रदेश

गोदावरीमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु

By खबरहब

January 20, 2023

धनगढी– कैलालीको गोदावरीमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । गोदावरी नगरपालिका वडा नम्बर १२ रातापानी सामुदायिक वनमा शुक्रबार ट्रयाक्टर दुर्घटना हुँदा घाइते भएका ट्याक्टरका सहचालक कञ्चनपुरको पुनर्वास नगरपालिका वडा नम्बर १० का ४० वर्षीय मनिराम चौधरीको मृत्यु भएको हो ।

शुक्रबार बिहान से १ त ६१९३ नम्बरको ट्याक्टर दुर्घटना भएको हो । चालक पुनर्वास नगरपालिका वडा नम्बर १० का ४१ वर्षीय सत्तु राना पनि घाइते भएका छन् । उनको धनगढीको माया मेट्रो अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।