लगानीबाटै मुलुकमा बलियो अर्थतन्त्रको आधारशीला तयार हुन्छ : माधव नेपाल « Khabarhub

लगानीबाटै मुलुकमा बलियो अर्थतन्त्रको आधारशीला तयार हुन्छ : माधव नेपाल


६ माघ २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कृषि क्षेत्रमा वृद्धि गरिने लगानीबाट मुलुकमा बलियो अर्थतन्त्रको आधारशीला सिर्जना हुने बताएका छन् । अखिल नेपाल किसान महासङ्घ र स्वयमसेवक आवद्ध सामाजिक संस्थाद्वारा आज आयोजित उत्कृष्ट युवा तथा महिला किसान सम्मान कार्यक्रममा अध्यक्ष नेपालले यस क्षेत्रमा हुने लगानीले उत्पादन वृद्धि र कृषक वर्गको आम्दानी तथा खर्च गर्ने क्षमताको विकास भई राष्ट्रिय अर्थतन्त्रका बहुपक्षीय आयामलाई गतिशील बनाउन योगदान पुग्ने बताए।

पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका अध्यक्ष नेपालले देशमा ठूलो मात्रामा रोजगारी सिर्जना गर्न उद्यमशीलताको विकास र पूर्वाधार निर्माण गर्नुपर्ने बताए । त्यसका लागि राष्ट्रिय पुँजी सङ्कलनको खाँचो यहाँले औँल्याए । देश र जनतालाई गरिबीको दुष्चक्रबाट मुक्त गर्न स्थानीय तह, प्रदेश र केन्द्रीय सरकारले उपभोग्य वस्तु तथा उत्पादन वृद्धि गर्नुपर्ने उनको भनाइ थियो । समाजवादी दर्शनले जनताको सुख र समृद्धिको चाहना राख्ने बताउँदै उक्त विचारमा आबद्ध अनुयायीले स्वरोजगारी तथा उद्यमशीलताको विकास गर्ने गरेको धारणा उनको थियो ।

अध्यक्ष नेपालले स्वदेशी उत्पादनको प्रयोग गरी आयात न्यूनीकरण र निर्यात बढाउन सकेमा बढदो वैदेशिक व्यापार घाटा कम गर्न सकिनेछ बताए । अखिल नेपाल किसान महासङ्घका अध्यक्ष बलराम बाँस्कोटाले विसं २०१७ मा मुलुकमा छरिएको कम्युनिष्ट आन्दोलनलाई एकीकृत गर्न किसान आन्दोलनको महत्वपूर्ण भूमिका रहेको बताए । कृषि, कृषक र जीवनकाबीचमा गहिरो सम्बन्ध रहेको उनको भनाइ थियो । महासङ्घका महासचिव प्रमेश पोखरेल, पार्टीका केन्द्रीय सदस्य मोहन गौतम, युवा कृषक सुशील खनाललगायतले कृषि क्षेत्रलाई आधुनिकरण गर्न सरकारले लगानी वृद्धि गर्नुपर्ने विचार व्यक्त गरे ।

प्रकाशित मिति : ६ माघ २०७९, शुक्रबार  ९ : ३७ बजे

गुल्मीका सरकारी कार्यालयमा जनशक्ति अभाव

गुल्मी– राष्ट्रिय सतर्कता केन्द्रले जिल्लामा अधिकांश सरकारी कार्यालयको सेवा प्रवाह

कोरला सीमामा नेपाल–चीन संयुक्त सुरक्षा गस्ती

मुस्ताङ– उत्तरी चीनको स्वशासित क्षेत्र तिब्बतसँग सीमाना जोडिएको (नेपाल–चीन) उत्तरी

चितवनको शक्तिखोर औद्योगिक क्षेत्र सार्वजनिक निजी साझेदारीमा निर्माण हुने

काठमाडौं– सार्वजनिक निजी साझेदारीमार्फत चितवनको शक्तिखोर औद्योगिक क्षेत्र निर्माण एवम्

बागमती प्रदेशसभाको बैठक पुस तेस्रो साता बोलाउने तयारी

बागमती– बागमती प्रदेशसभाको बैठक यही पुसको तेस्रो साता बोलाउने गरी

बाँसका भौतिक संरचना निर्माणसम्बन्धी मार्गदर्शन-२०८२ सार्वजनिक भएपछि उत्साहित छ ‘रूपाकोट मझुवागढी’

खोटाङ- नेपाल सरकारले बाँसबाट निर्माण हुने भौतिक संरचनाको डिजाइनसम्बन्धी मार्गदर्शन–२०८२