खेलकुदको विकासमा सरकारको सहयोग गर्छ : मुख्यमन्त्री कार्की « Khabarhub

खेलकुदको विकासमा सरकारको सहयोग गर्छ : मुख्यमन्त्री कार्की


६ माघ २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

इलाम- प्रदेश नं १ का मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सरकारले खेलकुदको विकासमा सहयोग गर्ने बताएका छन् ।उनले १२औँ संस्करणको निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन (प्याब्सन)स्पोर्ट्स मिटको आज शहीद रङ्गशालामा उद्घाटन गर्दै यस क्षेत्रमा योजनाबद्ध तरिकाले खेलकुद पूर्वाधार निर्माण र आवश्यक दक्ष प्रशिक्षकको व्यवस्थामा सरकारले सहयोग गर्ने प्रतिवद्धता व्यक्त्त गरे ।

मुलुकमो नाम विश्वमा राख्न खेलकुद महत्वपूर्ण माध्यम भएको चर्चा गर्दै उनले विद्यालयस्तरमा खेलाडीलाई आवश्यक सीप र प्रविधिका ज्ञान दिएमा सफलता प्राप्त गर्न सकिने धारणा राख्नुभयो । मुख्यमन्त्री कार्कीले खेललाई व्यवसायिकरण गर्नु आजको आवश्यकता भएको बताए। विराटनगर महानगरपालिका प्रमुख नागेश कोइरालले निजी क्षेत्रसँग सहकार्य गरी खेलकुद क्षेत्रको विकासमा स्थानीय सरकारले काम गरिरहेको बताए । मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज दाहाल र प्याब्सनका प्रमुख सल्लाहकार तथा निर्वतमान अध्यक्ष टिकारम पुरीले तीन तहको सरकारले खेलकुद क्षेत्रको विकासमा विशेष जोड दिनुपर्ने धारणा राखे ।

स्पोर्ट्स मिटमा मोरङ जिल्लाभरीका दुई सय २० वटा प्याब्सनमा आवद्ध विद्यालयका विद्यार्थीले भाग लिएका छन् । विद्यालय तहदेखि खेलाडी उत्पादन गर्ने उद्देश्यले प्याब्सनले स्पोर्ट्स मिट गर्दै आएको प्याव्सन मोरङ अध्यक्ष शितला सुव्वाले जानकारी दिए ।

प्रकाशित मिति : ६ माघ २०७९, शुक्रबार  ९ : ५१ बजे

गुल्मीका सरकारी कार्यालयमा जनशक्ति अभाव

गुल्मी– राष्ट्रिय सतर्कता केन्द्रले जिल्लामा अधिकांश सरकारी कार्यालयको सेवा प्रवाह

कोरला सीमामा नेपाल–चीन संयुक्त सुरक्षा गस्ती

मुस्ताङ– उत्तरी चीनको स्वशासित क्षेत्र तिब्बतसँग सीमाना जोडिएको (नेपाल–चीन) उत्तरी

चितवनको शक्तिखोर औद्योगिक क्षेत्र सार्वजनिक निजी साझेदारीमा निर्माण हुने

काठमाडौं– सार्वजनिक निजी साझेदारीमार्फत चितवनको शक्तिखोर औद्योगिक क्षेत्र निर्माण एवम्

बागमती प्रदेशसभाको बैठक पुस तेस्रो साता बोलाउने तयारी

बागमती– बागमती प्रदेशसभाको बैठक यही पुसको तेस्रो साता बोलाउने गरी

बाँसका भौतिक संरचना निर्माणसम्बन्धी मार्गदर्शन-२०८२ सार्वजनिक भएपछि उत्साहित छ ‘रूपाकोट मझुवागढी’

खोटाङ- नेपाल सरकारले बाँसबाट निर्माण हुने भौतिक संरचनाको डिजाइनसम्बन्धी मार्गदर्शन–२०८२