खेलकुदको विकासमा सरकारको सहयोग गर्छ : मुख्यमन्त्री कार्की « Khabarhub

खेलकुदको विकासमा सरकारको सहयोग गर्छ : मुख्यमन्त्री कार्की


६ माघ २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

इलाम- प्रदेश नं १ का मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सरकारले खेलकुदको विकासमा सहयोग गर्ने बताएका छन् ।उनले १२औँ संस्करणको निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन (प्याब्सन)स्पोर्ट्स मिटको आज शहीद रङ्गशालामा उद्घाटन गर्दै यस क्षेत्रमा योजनाबद्ध तरिकाले खेलकुद पूर्वाधार निर्माण र आवश्यक दक्ष प्रशिक्षकको व्यवस्थामा सरकारले सहयोग गर्ने प्रतिवद्धता व्यक्त्त गरे ।

मुलुकमो नाम विश्वमा राख्न खेलकुद महत्वपूर्ण माध्यम भएको चर्चा गर्दै उनले विद्यालयस्तरमा खेलाडीलाई आवश्यक सीप र प्रविधिका ज्ञान दिएमा सफलता प्राप्त गर्न सकिने धारणा राख्नुभयो । मुख्यमन्त्री कार्कीले खेललाई व्यवसायिकरण गर्नु आजको आवश्यकता भएको बताए। विराटनगर महानगरपालिका प्रमुख नागेश कोइरालले निजी क्षेत्रसँग सहकार्य गरी खेलकुद क्षेत्रको विकासमा स्थानीय सरकारले काम गरिरहेको बताए । मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज दाहाल र प्याब्सनका प्रमुख सल्लाहकार तथा निर्वतमान अध्यक्ष टिकारम पुरीले तीन तहको सरकारले खेलकुद क्षेत्रको विकासमा विशेष जोड दिनुपर्ने धारणा राखे ।

स्पोर्ट्स मिटमा मोरङ जिल्लाभरीका दुई सय २० वटा प्याब्सनमा आवद्ध विद्यालयका विद्यार्थीले भाग लिएका छन् । विद्यालय तहदेखि खेलाडी उत्पादन गर्ने उद्देश्यले प्याब्सनले स्पोर्ट्स मिट गर्दै आएको प्याव्सन मोरङ अध्यक्ष शितला सुव्वाले जानकारी दिए ।

प्रकाशित मिति : ६ माघ २०७९, शुक्रबार  ९ : ५१ बजे

५ दिनमै तयार भयो एक्रो ब्रिज, देवीघाटमा भोलिदेखि आवतजावत खुल्ने

नुवाकोट – रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण पक्की पुल

ऊर्जामन्त्री श्रेष्ठ र युएनओपीएसका क्षेत्रीय निर्देशकबीच भेटवार्ता

काठमाडौं – ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठ र संयुक्त

भोटेकोसी बाढीपछि भारतबाट राहतको आठौँ खेप आइपुग्यो, १३० टनभन्दा बढी सहयोग सामग्री

काठमाडौं – गत भदौ १० गतेको विनाशकारी बाढीपहिरोपछि जारी खोज,

उपेन्द्र यादवको आरोप : लुम्बिनीका सभामुखले स्वेच्छाचारी निर्णय गरे

काठमाडौं – जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले

नेपाल भलिबल लिगमा काठमाडाैंको तेस्रो जित, कर्णालीको पहिलो हार

काठमाडाैं – पहिलो संस्करणको एक्सट्रिम इनर्जी ड्रिङ्क नेपाल भलिबल लिग