राजपत्राङ्कित प्रथम र द्वितीय श्रेणीका कर्मचारीको सरुवा « Khabarhub

राजपत्राङ्कित प्रथम र द्वितीय श्रेणीका कर्मचारीको सरुवा


६ माघ २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


102
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – गृह मन्त्रालयले आज राजपत्राङ्कित प्रथम र द्वितीय श्रेणीका प्रमुख जिल्ला अधिकारी, सहायक प्रमुख जिल्ला अधिकारीलगायतका ७० कर्मचारीको सरुवा गरेको छ । बिहिबार सरुवासम्बन्धी जारी भएको मापदण्डको आधारमा मन्त्रालयले प्रजिअको काज सरुवा गरेको हो । आजको उपप्रधान तथा गृहमन्त्रीस्तरीय निर्णयानुसार राजपत्राङ्कित प्रथम श्रेणीका ४९ प्रजिअ, सहायक प्रजिअलगायतका कर्मचारी र राजपत्राङ्कीत द्वितीय श्रेणीका नौ प्रमुख जिल्ला अधिकारी, पाँच सहायक प्रमुख जिल्ला अधिकारी र छ उपसचिवको सरुवा गरिएको मन्त्रालयले जनाएको छ ।

प्रथम श्रेणीमा रहनुभएका काभ्रेपलाञ्चोकका प्रजिअ हुमकला पाण्डेलाई सुनसरी, चितवनका प्रजिअ आसमान तामाङलाई गृह मन्त्रालय, सिन्धुपाल्चोकका वेदनिधि खनाललाई पर्सा, भक्तपुरका प्रजिअ रुद्रादेवी शर्मालाई गृह मन्त्रालयमा सरुवा गरिएको छ ।

सुनसरीका इन्द्रदेव यादवलाई सर्लाही, सिरहाका लालबाबु कवारीलाई गोरखा, दोलखाका भोजबहादुर खतिवडालाई सिरहा पठाइएको छ । गृहका शेखर पौड्याललाई दोलखा पठाइएको छ । प्राप्त विवरणअनुसार राजपत्राङ्कित द्वितीय श्रेणीका मुगुका प्रजिअ रोमबहादुर महतलाई नवलपरासी पश्चिम सरुवा गरिएको छ । रौतहटका प्रजिअ कृष्णबहादुर शाहीलाई सुनसरीको सहायक प्रजिअमा पठाइएको छ ।

इलामका प्रजिअ माधवप्रसाद ढुङ्गानालाई सप्तरीको सहायक प्रजिअमा, ताप्लेजुङका प्रजिअ महेशकुमार पोखरेललाई काभ्रेपलाञ्चोकको सहायक प्रजिअमा पठाइएको छ । गृह मन्त्रालयका उपसचिव गोमादेवी चेम्जोङलाई ताप्लेजुङको प्रजिअमा पठाइएको छ भने कालिकोटका प्रजिअ रामहरि शर्मालाई धादिङको सहायक प्रजिअमा सरुवा गरिएको छ ।

हुम्लाका प्रजिअ सीताराम परियारलाई इलाका प्रशासन कार्यालय साँखु, बझाङका प्रजिअ बाबुराम अर्याललाई इलाका प्रशासन कार्यालय चन्द्रौटा, बाराका प्रजिअ कृष्णबहादुर कटुवाललाई गृह मन्त्रालय, डोल्पाका प्रजिअ वेदनिधि अधिकारीलाई नुवाकोटको सहायक प्रजिअ र स्याङ्जाका प्रजिअ गङ्गाबहादुर क्षेत्रीलाई गृह मन्त्रालयमा ल्याइएको छ ।

प्रकाशित मिति : ६ माघ २०७९, शुक्रबार  १० : २२ बजे

कांग्रेस सभापति देउवाले उपसभापति र महामन्त्रीद्वयसँग छलफल गर्दै

काठमाडौं– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आज शीर्ष पदाधिकारीहरूसँग छलफल

फजुल खर्च नियन्त्रण र वित्तीय सुशासनमा ठोस कदम : प्रधानमन्त्री कार्की

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले सरकारको १०० दिनको अवधिमा फजुल खर्च

पोलिसिस्टिक ओभरी सिन्ड्रोम : केटीको दाह्रीजुँगा किन आउँछ ?

काठमाडौं- पछिल्लो समय युवतीहरु अनुहारमा बाक्लो रौँ आउने समस्याले चिन्तित

धार्मिक सम्पदाको संरक्षण र प्रवर्द्धनमा जुट्दै भोजपुर

भोजपुर– भोजपुर नगरपालिका–९ काफ्ले धार्मिक तथा सांस्कृतिक सम्पदाको संरक्षण र

प्रथम कावासोती गोल्डकप फुटबल आजदेखि हुँदै

नवलपरासी– ‘स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद’ भन्ने मूल नारासहित