गण्डकी विश्वविद्यालयले मुख्यमन्त्रीलाई बुझायो वार्षिक प्रतिवेदन « Khabarhub

गण्डकी विश्वविद्यालयले मुख्यमन्त्रीलाई बुझायो वार्षिक प्रतिवेदन


६ माघ २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

कास्की – गण्डकी विश्वविद्यालयले प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीलाई आज वार्षिक प्रतिवेदन पेस गरेको छ । विश्वविद्यालयका कुलपति प्राडा गणेशमान गुरुङले मुख्यमन्त्री अधिकारीलाई उक्त प्रतिवेदन पेस गरेका हुन् । उक्त अवसरमा मुख्यमन्त्री अधिकारीले प्रदेश सरकार सधैँ विश्वविद्यालयको हितमा रहने बताए । उनले भने, “प्रतिवेदनमा भएका सबै कुरा हेरेर के गर्ने कसरी अगाडि बढ्ने भनेर भनौंला ।” उनले जुन भावना र मर्मअनुसार विश्वविद्यालय स्थापना भएको हो त्यसैगरी काम गरेर नतिजा देखाउन आग्रह गरे ।

कुलपति प्राडा गणेशमान गुरुङले विश्वविद्यालय अन्तर्गतको पठनपाठन, अनुसन्धान, अन्वेषण, अविष्कार केन्द्र, जग्गा, भवनलगायत भौतिक अवस्थाका बारेमा मुख्यमन्त्री अधिकारीलाई बुझाएको बताए । उनले नेपालमै पहिलो पटक स्पोर्ट्स म्यानेज्मेन्टको पढाइ सुरु गरेको भन्दै विद्यार्थीको राम्रो आकर्षण रहेको जानकारी गराएका थिए ।

स्पोर्ट्स म्यानेज्मेन्टसँगै विश्वविद्यालयले व्याचलर इन फार्मेसी, व्याचलर इन आइटी, बिएएलबी र बिबिएको कक्षा पनि सुरु गरेको छ । अविष्कार केन्द्रबाट उत्पादन गर्न लागेका सामानको बारेमा पनि जानकारी गराएको उनले बताए । पढाइ, अनुसन्धान र अविष्कारमा जोड दिएको विश्वविद्यालयले अुनसन्धानतर्फ कोदो रक्सीको ब्रान्डिङको काम गरिरहेको छ । कार्यक्रममा कुलपति गुरुङसँगै उपकुलपति प्राडा नवराज देवकोटा, रजिस्ट्रार डा कैलाश तिमिल्सिना, डिन डा. कपिल अधिकारी, योजना प्रमुख सन्दिप कोइराला, अधिकृत ईश्वर सुवेदी उपस्थित थिए।

प्रकाशित मिति : ६ माघ २०७९, शुक्रबार  १० : ४३ बजे

कांग्रेस महाधिवेशनमा आचारसंहिताविपरीत प्रचारप्रसार (तस्बिरहरु)

काठमाडौं- नेपाली कांग्रेसको १५ औँ महाधिवेशन निर्वाचन समितिले जारी गरेको

‘अनलाइन’बाट बिजुलीको बिल तिर्ने ग्राहकलाई अब विशेष सुविधा

काठमाडौँ–  नेपाल विद्युत् प्राधिकरणले बिजुलीको बिल ‘अनलाइन’बाट तिर्ने ग्राहकलाई थप

हवाई भाडादरबारे भ्रामक सूचनाको पछि नलाग्न एयरलाइन्सको अनुरोध

काठमाडौँ– बडादसैँ तथा तिहारको समयमा हवाई भाडादरलाई लिएर सार्वजनिक आलोचना

मर्मतपछि राहुघाटबाट फेरि विद्युत् उत्पादन

काठमाडौं–  राहुघाट जलविद्युत् आयोजनाको मर्मतसम्भारपछि पुनः विद्युत् उत्पादन सुरु गरिएको