लिलविरुद्ध पीएसजीको रोमाञ्चक जित « Khabarhub

लिलविरुद्ध पीएसजीको रोमाञ्चक जित


८ फाल्गुन २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- फ्रेन्च लिग १ मा पेरिस सेन्ट जर्मेन पीएसजीले लिलमाथि ४–३ को रोमाञ्चक जित निकालेको छ ।

आइतबार घरेलु मैदान पार्क डे पेरिसमा सम्पन्न खेलको इन्जुरी समयमा प्राप्त फ्रिकिक सदुपयोग गर्दै लियोनेल मेस्सीले गोल गरेपछि पीएसजीले तीन अंक निश्चित गरेको हो ।

यसअघि केलियन एमबाप्पेले ११औँ मिनेटमा गोल गर्दै घरेलु टिमलाई अग्रता दिलाएका थिए । १७औँ मिनेटमा नेइमारले गोल गर्दै पीएसजीको अग्रतालाई दोब्बर पारे ।

तर, २४औँ मिनेटमा बागोड डियाकिटले गोल गर्दै लिललाई २–१ को स्थितीमा ल्याए । ५८औँ मिनेटमा जोनाथन डेभिडले गोल गर्दै बराबरीमा फर्काएका थिए । ७९औँ मिनेटमा जोनाथन बम्बाले गोल गर्दै लिललाई ३–२ को अग्रता दिलाए ।

तर, खेल सकिन तीन मिनेटमा बाँकी रहँदा एमबाप्पेले पुन गोल गर्दै पीएसजीलाई खेलमा फर्काएका थिए । इन्जुरी समयमा मेसीले फ्रिकिक गोल गरेपछि पीएसजीले रोमाञ्चक जित पक्का गर्‍यो ।

लिग १ मा पीएसजी सन् २०२१ को अप्रिलयता अपराजित छ । त्यसबेला पीएसजीले लिलसँगै १–० को हार बेहोरेको थियो ।

प्रकाशित मिति : ८ फाल्गुन २०७९, सोमबार  ६ : ५४ बजे

गोकर्णेश्वरमा मिनीटाटाको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

काठमाडौं – काठमाडौंको गोकर्णेश्वरमा मिनीटाटाको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको

बिर्तामोडबाट सवारी साधनसहित रु १० लाखभन्दा बढीका भन्सार छलीका सामान बरामद

झापा – स्थानीय प्रशासनले भन्सार छली गरी ल्याउँदै गरिएका अवस्थामा

धर्मेन्द्र बास्तोला र सुनिल साह रिहा

काठमाडौँ- नेकपा बहुमतका महासचिव धर्मेन्द्र बास्तोला र दुर्गा प्रसाईँ नेतृत्वको

निर्वाचन अवधिभर कञ्चनपुरमा मदिरा बिक्री–वितरणमा रोक

महेन्द्रनगर– कञ्चनपुरमा निर्वाचन अवधिभर मदिरा बिक्री–वितरण एवं सेवनन रोक लगाएको

निर्वाचन देश बनाउने संकल्पको जनमत हो : ईश्वर पोखरेल

काठमाडौं- काठमाडौं निर्वाचन–५ मा नेकपा (एमाले) का उमेदवार ईश्वर पोखरेलले