स्कटल्यान्डद्वारा नामिबियालाई २२२ रनको लक्ष्य  « Khabarhub

स्कटल्यान्डद्वारा नामिबियालाई २२२ रनको लक्ष्य 


८ फाल्गुन २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– आईसीसी विश्वकप क्रिकेट लिग २ अन्तर्गत त्रिकोणात्मक  एकदिवसीय सिरिजको आफ्नो तेस्रो खेलमा स्कटल्यान्डले नामिबियालाई जितका लागि २२२ रनको लक्ष्य दिएको छ । किर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आज जारी खेलमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको स्कटल्याण्डले ४८ दशमलव ४ ओभरमा सबै विकेट गुमाउँदै २२१ रनको योगफल बनायो ।

स्कटल्याण्डका लागि क्रिसटोफर म्याकब्राइडले सर्वाधिक ४७ रनको योगदान दिए भने  टमस म्याकिन्टोसले ३४ तथा कप्तान रिचि बेरिङ्टनले ३२ बनाए । त्यस्तै माइकल लिस्कले २९ रन बनाउँदा म्याथ्यु क्रसले १६ रन तथा क्रिस ग्रेभेसले १४ रन जोडे । मार्क वाटले १० रन बनाए ।

नामिबियाका लागि रुबेन ट्रम्पेलम्यान एक्लैले ५ विकेट लिए भने ट्याङ्गिनी लुङ्गिमिनीले २ विकेट लिए । त्यस्तै बेर्नार्ड स्कोल्ट्ज, बेन सिकोन्गोपिक्की या फ्रान्सले समान एक-एक विकेट झारे । 

प्रकाशित मिति : ८ फाल्गुन २०७९, सोमबार  १ : ४५ बजे

आशिकाको फेसबुके निर्देशन विवादमा : सांसदले स्थानीय तहमा हस्तक्षेप गर्न मिल्छ ?

काठमाडौं- धादिङ क्षेत्र नम्बर १ बाट निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टीकी

दादुराका ६७ बिरामी उपचारपछि घर फर्के, २० जनाको ‘आइसोलेसन’ उपचार जारी

गलकोट– दादुराबाट प्रभावित ढोरपाटनका बिरामीमध्ये ६७ जना घर फर्केका छन्

आठौँ अन्तर्राष्ट्रिय जुडो प्रतियोगिता बिहीबारदेखि सुरु हुने

काठमाडौं– नेपाल खेलकुद महासंघ, राष्ट्रिय जुडो संघको आयोजनामा आठौँ अन्तर्राष्ट्रिय

इरानमाथि अमेरिकी–इजरायली आक्रमण : करिब २०० अमेरिकी सैनिक घाइते

एजेन्सी– संयुक्त राज्य अमेरिका र इजरायलले फेब्रुअरी २८ मा इरानमाथि

अमेरिका र इजरायलको तनाव बढाउने इरानका यी हतियार

काठमाडौं- अमेरिका–इजरायल र इरानबीचको युद्ध जारी छ । युद्धरत पक्ष