गुण एयरलाइन्सका सबै उडान बन्द गर्न निर्देशन « Khabarhub

गुण एयरलाइन्सका सबै उडान बन्द गर्न निर्देशन


८ फाल्गुन २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


558
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– गुण एयरलाइन्सका सम्पूर्ण उडान बन्द गर्न नागरिक उड्डयन प्राधिकरणले निर्देशन दिएको छ। पाइलट र क्रु मेम्बरलाई तलब नदिएपछि हवाई सुरक्षामा गम्भीर असर पर्ने भन्दै प्राधिकरणले उडान बन्द गर्न निर्देशन दिएको हो। 

अर्को व्यवस्था नभएसम्म हालका लागि सबै जहाज ग्राउण्डेड गर्न सोमबार नै पत्र पठाएको प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाले बताएका छन् । गुणका उडान गत बुधबारदेखि नै बन्द छन्। यसअघि गुणले जहाज मर्मतका लागि स्पेयर पार्टस् विदेशबाट ल्याइँदै र पाइलट तालिममा रहेकाले उडान बन्द रहेको बताएको थियो। 

उडान बन्द भएपछि अनुसन्धान गर्दा तलब नदिएको पाइएको प्राधिकरणले जनाएको छ।

सिम्रिक एयरलाइन्सका विमानहरू किनेर गुण एयरलाइन्सले हवाई सेवा दिँदै आएको थियो । 

प्रकाशित मिति : ८ फाल्गुन २०७९, सोमबार  ३ : ३८ बजे

अमेरिकासँगको बढ्दो तनावबीच एकहजार लडाकु ड्रोन तैनाथ गरेको इरानको दाबी

तेहरान – इरानले बिहीबार आफ्नो सैन्य डिभिजनको लडाकु संरचनामा स्वदेशी

राष्ट्रिय लिग फुटबल प्रतियोगिताः एनआरटी विजयी

काठमाडौं – राजधानीमा जारी एन्फा राष्ट्रिय लिग फुटबल प्रतियोगितामा न्युरोड

अस्पतालबाट डिस्चार्ज भए रवि लामिछाने

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्व उपप्रधान एवं

बूढीगण्डकी आयोजनामा निजी क्षेत्र लगानी गर्न तयार छ : अध्यक्ष ढकाल

काठमाडौं– नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले बूढीगण्डकी जलाशययुक्त