गुण एयरलाइन्सका सबै उडान बन्द गर्न निर्देशन « Khabarhub

गुण एयरलाइन्सका सबै उडान बन्द गर्न निर्देशन


८ फाल्गुन २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


558
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– गुण एयरलाइन्सका सम्पूर्ण उडान बन्द गर्न नागरिक उड्डयन प्राधिकरणले निर्देशन दिएको छ। पाइलट र क्रु मेम्बरलाई तलब नदिएपछि हवाई सुरक्षामा गम्भीर असर पर्ने भन्दै प्राधिकरणले उडान बन्द गर्न निर्देशन दिएको हो। 

अर्को व्यवस्था नभएसम्म हालका लागि सबै जहाज ग्राउण्डेड गर्न सोमबार नै पत्र पठाएको प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाले बताएका छन् । गुणका उडान गत बुधबारदेखि नै बन्द छन्। यसअघि गुणले जहाज मर्मतका लागि स्पेयर पार्टस् विदेशबाट ल्याइँदै र पाइलट तालिममा रहेकाले उडान बन्द रहेको बताएको थियो। 

उडान बन्द भएपछि अनुसन्धान गर्दा तलब नदिएको पाइएको प्राधिकरणले जनाएको छ।

सिम्रिक एयरलाइन्सका विमानहरू किनेर गुण एयरलाइन्सले हवाई सेवा दिँदै आएको थियो । 

प्रकाशित मिति : ८ फाल्गुन २०७९, सोमबार  ३ : ३८ बजे

घिरिङ र डेढगाउँ जोड्ने कालीगण्डकीको पुल सञ्चालन

तनहुँ– कालीगण्डकी नदीमा आएको बाढीले पहुँचसडक बगाएको घिरिङ र डेढगाउँ

नवरात्रको पाँचौँ दिन : आज स्कन्दमाताको पूजा गरिँदै

काठमाडौँ– बडादसैँ अन्तर्गत नवरात्रको पाँचौँ दिन आज दसैँघर तथा पूजा

आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

काठमाडौँ– नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

बिहीबार भगवान विष्णुको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल असोज २९ गते बिहीबार सन् २०२६

आज २०८३ साल असोज २९ गते बिहीबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज २९ गते बिहीबार सन् २०२६