मेस्सी र एमबाप्पेको जादु नचल्दा पिएसजीको चौथो हार « Khabarhub

मेस्सी र एमबाप्पेको जादु नचल्दा पिएसजीको चौथो हार


६ चैत्र २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


174
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – फ्रेन्च लिग वानको शीर्षस्थानमा रहेको पेरिस सेन्ट जर्मेन (पिएसजी)ले चौथो हार ब्योहोरेको छ ।

घरेलु मैदान पार्क डेस प्रिन्सेसमा आइतबार राति भएको खेलमा रेनेसले २–० पराजित गरेसँगै पिएसजीले चौथो हार ब्योर्होनु परेको हो ।

पिएसीको हारमा रेनेसका कार्ल टोको एकम्वी र एर्नाउड कालीमुइन्डो मुइनगाले गरेको गोल नै काफी हुन पुग्यो । पहिलो हाफको इन्ज्युरी समयमा एकम्वीले गोल गरेपछि पिएसजी खेलमा सुरुमा नै पछि पर्यो भने पहिलो हाफको सुरुवाती अर्थात ४८औं मिनेटमा मुइनगाले थप गोल गरे, जुन गोल नै पिएसजीलाई समग्र खेलको चौथो हारका लागि काफी भयो । अग्रपङ्तिमा लियोनेल मेस्सी र केलियन एमबाप्पे रहे पनि गोल गर्न नसक्दा पिएसजीको केही लागेन ।

यस हारका बावजुत पिएसजी २८ खेलबाट ६६ अंक जोडेर शीर्षस्थानमा यथावत नै छ भने पिएसजीलाई चौथो हार दिएको रेनेस ५० अंक जोडेर पाँचौं स्थानमा उक्लिएको छ ।

प्रकाशित मिति : ६ चैत्र २०७९, सोमबार  ८ : ४५ बजे

रवि–बालेन भेटमा के कुरा भयो ?

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र

केपी ओलीलाई ईश्वर पोखरेलको चेतावनी : पार्टीमा कसैलाई काखा, कसैलाई पाखा नगरियोस्

काठमाडौँ – नेकपा एमालेका नेता ईश्वर पोखरेलले पार्टीमा कसैलाई काखा

यसरी हुँदैछ नेपाल आउने पर्यटकमाथि निगरानी

काठमाडौँ- अध्यागमन विभागले यही पुस १७ गतेदेखि काठमाडौँका तारे होटलहरूमा

हर्क साम्पाङले गरे उपाध्यक्ष मित्र परियारलाई निलम्बन

काठमाडौं – श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले अनुशासन उल्लङ्घन

एमालेको मुख्य ध्याय प्रतिनिधि सभा पुनर्स्थापना हो, चाँडै यो सरकार ढल्छ

काठमाडौं । नेकपा एमालेको पदाधिकारीमा निर्वाचित एकमात्र महिला पद्मा अर्याल