कुवेतमा नेपाली हस्तकला एवं घरेलु उत्पादन सामग्री प्रवर्द्धन  « Khabarhub

कुवेतमा नेपाली हस्तकला एवं घरेलु उत्पादन सामग्री प्रवर्द्धन 


६ चैत्र २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

दोहा – कुवेतमा नेपाली हस्तकला एवं घरेलु उत्पादनका सामग्रीसहित पर्यटन प्रवर्द्धन गरिएको छ ।

त्यहाँस्थित नेपाली दूतावास शनिबार कुवेतको अल बहर मनोरन्जन ऐतिहासिक गाउँमा स्थानीय कूटनीतिक महिला समितिले आयोजना गरेको कार्यक्रममा नेपाली हस्तकला एवं घरेलु उत्पादनका निर्यातयोग्य सामग्रीसहित नेपालको पर्यटन प्रवर्द्धनसँग सम्बन्धित दूतावासले तयार पारेका तथा नेपाल पर्यटन बोर्डबाट प्राप्त सामग्रीको प्रदर्शनी गरिएको दूतावासले जनाएको छ ।

दूतावासका अनुसार महोत्सवमा नेपाली खानाका परिकार वितरण गर्नुका साथै नेपाली स्टल भ्रमणमा आउने आगन्तुकहरुलाई नेपाली उत्पादनका सामग्री लगायत नेपालको पर्यटनबारे जानकारी दिइएको जनाएको छ ।

उक्त महोत्सवमा उपस्थित पाहुनाहरूबीच कुवेतका लागि नेपाली राजदूत दुर्गाप्रसाद भण्डारीले नेपालको पर्यटन उद्योगबारे प्रकाश पार्दै नेपाल भ्रमणका लागि सबैमा अनुरोध गरेका थिए ।

कार्यक्रममा कूटनीतिक महिला समितिका अध्यक्ष सुश्री नरगिस अल शत्तीले पनि नेपालको सुन्दरताको वर्णन गर्दै नेपाल भ्रमण गर्न सबैलाई अनुरोध गरिन् ।

कार्यक्रमको अन्त्यमा राजदूतले भण्डारीले सहभागीहरूबाट पर्यटनसँग सम्बन्धित विषयमा जस्तैः भिजा, हवाई सम्पर्क, भ्रमण गर्ने समय, स्थान आदिबारे राखिएको जिज्ञासाको संशोधन गरेका थिए । यसअघि पनि दूतावासले विभिन्न समयमा नेपाली हस्तकला एवं घरेलु उत्पादनको प्रवर्द्धन गर्दै आएको छ ।

प्रकाशित मिति : ६ चैत्र २०७९, सोमबार  ९ : १८ बजे

चीनले नेपाललाई हस्तान्तरण गर्‍यो, एआई जडित मौसमी सूचना प्रणाली

काठमाडौं । चीनले नेपाललाई एआई जडित मौसमी सूचना प्रणाली हस्तान्तरण

विकास निर्माणमा ढिलासुस्ती र गुणस्तरहीन काम सह्य हुँदैन : मुख्यमन्त्री थापा

हेटौँडा ।  वाग्मती प्रदेशका मुख्यमन्त्री किरण थापाले विकास निर्माणका काममा

कांग्रेसको देशैभर पालिका अधिवेशन असोज ७ गते

काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत स्थानीय तहको सांगठनिक संरचना

इरान युद्ध, एआई र राष्ट्रसङ्घको भविष्यबीच ट्रम्पको राष्ट्रसङ्घमा पुनरागमन

अमेरिकी – राष्ट्रपति डोनाल्ड ट्रम्पले मङ्गलवार संयुक्त राष्ट्रसङ्घको महासभालाई सम्बोधन

मध्यपूर्वको युद्ध अब रोकिनै पर्छ : गुटेरेस

काठमाडौं । राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरसले मध्यपूर्वको युद्ध अब रोकिनैपर्ने बताएका