अपाङ्गतासम्बन्धी अधिकार कार्यान्वयन भएन : पन्थ « Khabarhub

अपाङ्गतासम्बन्धी अधिकार कार्यान्वयन भएन : पन्थ


६ चैत्र २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – राष्ट्रियसभाका सदस्य प्रकाश पन्थले अपाङ्गतासम्बन्धी भएका अधिकार कार्यान्वयनमा चुनौती देखिएको बताएका छन् ।

विश्व डाउन सिण्ड्रोम दिवसको अवसरमा डाउन सिण्ड्रोम समाज नेपालले आज यहाँ आयोजना गरेको कार्यक्रममा उनले संविधानमा भएको अपाङ्गतासम्बन्धी अधिकार कार्यान्वयनमा चुनौती देखिएको उल्लेख गरेका छन् ।

“अपाङ्गता भएका व्यक्तिको हक तथा अधिकारसम्बन्धी कानुनी व्यवस्था छ”, दिगो विकास तथा सुशासन समितिका सभापति समेत रहनुभएका पन्थले भने, “अहिलेको समस्या ऐन कार्यान्वयन हो ।”

उनले दिगो विकासको लक्ष्य प्राप्तिमा अपाङ्गता भएका समुदायको अवस्थाबारे छलफल गर्न सरोकारवालालाई आह्वानसमेत गरे । “दिगो विकासको लक्ष्य प्राप्तिमा अपाङ्गता भएका समुदायको अवस्था र चुनौती विषयमा छलफल र अन्तरक्रिया आवश्यक छ”, उनले भने । उनले सरोकारवालाको सुझाव लिन आफूहरु तयार भएको भन्दै संसद् सचिवालयमै आएर छलफल गर्न समेत आग्रह गरेका छन् ।

कार्यक्रममा राष्ट्रिय अपाङ्गता महासङ्घ नेपालका महिला उपाध्यक्ष अनिता घिमिरेले अपाङ्गता भएका व्यक्तिका लागि सामूहिक वकालत जरुरी भएको बताए । “हामी वर्षौदेखि अपाङ्गता भएका व्यक्तिप्रतिको नकारात्मक धारणा परिवर्तन गर्न लागेका छौँ”, उनले भने, “सबै प्रकारका अपाङ्गता भएका व्यक्तिले सामूहिकरुपमा एकअर्काका लागि वकालत गर्नुपर्छ ।”

समाजले विश्व डाउन सिण्ड्रोम दिवसका अवसरमा दुई दिने गोष्ठी आयोजना गरेको छ । गोष्ठीमा समावेशी शिक्षा र जीविकोपार्जन विषय समेटिने समाजकी अध्यक्ष शिला थापाले बताइन् । “हाम्रो उद्देश्य बौद्धिक अपाङ्गता तथा डाउन सिण्ड्रोम भएका व्यक्तिको समावेशी शिक्षा तथा जीविकोपार्जन क्षेत्रलाई सशक्त बनाउनु हो”, उनले भनिन्, “दुई दिने गोष्ठी उहाँहरुको भविष्यलाई सुनिश्चित तथा आत्मनिर्भर बनाउनका लागि आवश्यक नीतिगत विषयमा केन्द्रित हुनेछ ।”

सामान्यतयाः मानिसको शरीरका कोषमा रहने ४६ वटा क्रोमोजोमहरु २३ वटा जोडीमा विभाजित हुन्छन् । तर डाउन सिण्ड्रोम भएको अवस्थामा २१औँ जोडीमा दुई वटाको सट्टा तीन वटा क्रोमोजोम हुन्छन् । जसलाई अङ्ग्रेजीमा ‘ट्राइसोमी २१’ पनि भनिन्छ ।

संयुक्त राष्ट्रसङ्घले मार्च २१ मा यो दिवस मनाउँदै आएको छ । यसवर्ष यो दिवस ‘हामीसँगै हौँं, हाम्रो लागि होइन’ भन्ने नाराका साथ मनाउन लागिएको छ ।

प्रकाशित मिति : ६ चैत्र २०७९, सोमबार  १२ : ४७ बजे

लुम्बिनी एनपीएलको फाइनलमा, सुदूरपश्चिमले दोस्रो क्वालिफायर खेल्ने

काठमाडौं– सुदूरपश्चिम रोयल्सलाई पराजित गर्दै लुम्बिनी लायन्स नेपाल प्रिमियर लिग

मन्त्रालयको पहलमा नेसनल मेडिकल कलेज विवाद समाधान, आन्दोलनरत रेजिडेन्ट डाक्टर काममा फर्किने

काठमाडौँ – वीरगन्जस्थित नेसनल मेडिकल कलेजका आन्दोलनरत रेजिडेन्ट डाक्टरहरू अध्ययन

लुम्बिनीले गुमायो तेस्रो विकेट, कप्तान रोहित आउट

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएल अन्तर्गत पहिलो क्वालिफायरमा अहिले सुदूरपश्चिम

हिमालय आँखा अस्पतालको सेवा अब व्यास नगरपालिकामा

दमौली–  तनहुँको व्यास नगरपालिकामा आँखा उपचार केन्द्र सञ्चालनमा आएको छ ।