जापानी प्रधानमन्त्री किशिदा भारत भ्रमणमा « Khabarhub

जापानी प्रधानमन्त्री किशिदा भारत भ्रमणमा


६ चैत्र २०७९, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- जापानका प्रधानमन्त्री फुमियो किशिदा दुई दिने भारत भ्रमणका लागि सोमबार नयाँ दिल्ली पुगेका छन् ।

किशिदालाई केन्द्रीय मन्त्री राजीव चन्द्रशेखरले दिल्लीको विमानस्थलमा स्वागत गरेका हुन् । भ्रमणका क्रममा किशिदाले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई भेट्नुका साथै जापानको इन्डो–प्यासिफिक रणनीति र नयाँ प्रतिरक्षा प्रणालीका बारेमा पनि सम्बोधन गर्ने कार्यक्रम छ ।

पन्ध्र वर्षअघि प्रधानमन्त्री शिन्जो आबेले आफ्नो दिल्ली भ्रमणका क्रममा इन्डो–प्यासिफिक सहकार्यका बारेमा पहिलो पटक उल्लेख गरेका थिए ।

दुवै प्रधानमन्त्रीले दिल्लीस्थित बुद्ध जयन्ती पार्कमा सँगै पदयात्रा गरी गौतम बुद्धको पालाको गहिरो जरा भएको पूज्य वृक्ष बालबोधीको अवलोकन गर्ने बताइएको छ ।

भारत र जापानबीचको सम्बन्ध सन् २००० मा ‘विश्व साझेदारी’, सन् २००६ मा ‘रणनीतिक तथा विश्व साझेदारी’ र सन् २०१४ मा ‘विशेष रणनीतिक तथा विश्व साझेदारी’ मा परिणत भएको थियो ।

दुवै देशले सन् २००६ देखि नियमित रूपमा वार्षिक शिखर सम्मेलन गर्दै आएका छन् । पछिल्लो वार्षिक शिखर सम्मेलन मार्च २०२२ मा नयाँ दिल्लीमा भएको थियो ।

किशिदाले आफ्नो ट्वीटर अकाउन्टमा प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता गर्ने जानकारी दिएका छन् । भारतीय विदेश मन्त्रालयले मार्च १० मा जारी गरेको विज्ञप्तिमा भनिएको छ, “दुई नेताबीच पारस्परिक हितका द्विपक्षीय र क्षेत्रीय विषयमा छलफल हुनेछ ।”

किशिदाले आफ्नो भारत बसाइका क्रममा स्वतन्त्र र खुला इन्डो–प्यासिफिकका लागि नयाँ योजनाको घोषणा गर्ने बताए । उनले स्वतन्त्र र खुला इन्डो–प्यासिफिकको भविष्यका बारेमा विचार प्रस्तुत गर्ने बताएका छन् ।

“यसका साथै, भारतमा रहँदा म स्वतन्त्र र खुला इन्डो–प्यासिफिकसम्बन्धी नयाँ योजनाको घोषणा गर्नेछु । हामी यस ऐतिहासिक मोडमा एफओआईपीको भविष्यको बारेमा ठोस विचारहरू प्रस्तुत गर्नेछौं,” किशिदाले सम्प्रेषण गरेको ट्वीटमा भनिएको छ ।

भारतीय विदेश मन्त्रालयका प्रवक्ता अरिन्दम बागचीले बिहीबार आयोजित पत्रकार सम्मेलनमा जापान ‘अत्यन्त महत्वपूर्ण साझेदार’ भएको र भारत विचार आदानप्रदानका लागि तत्पर रहेको बताए ।

उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र उनका जापानी समकक्षीबीच हुने छलफलका बुँदाबारे विस्तृत जानकारी नगराई जापान भारतकोे धेरै महत्वपूर्ण साझेदार भएको बताए ।

भारत र जापानबीच सन् २०२२ को मार्चमा भएको पछिल्लो बैठकपछि नयाँ दिल्ली र टोकियोले क्रमशः जी–२० र जी–७ को अध्यक्षता सम्हालिरहेकाले द्विपक्षीय स्तरमा संलग्न हुनका लागि यो महत्वपूर्ण समय हो । दुवै देशबीच रक्षा तथा सुरक्षा, व्यापार तथा लगानी, विज्ञान तथा प्रविधि, शिक्षा, स्वास्थ्य सेवा र महत्वपूर्ण उदीयमान प्रविधिलगायत विभिन्न क्षेत्रमा साझेदारी रहेको छ ।

प्रकाशित मिति : ६ चैत्र २०७९, सोमबार  १ : १८ बजे

जुम्लामा एक सय बाइस जनाको मोतिविन्दुको निःशुल्क शल्यक्रिया

जुम्ला – जुम्लामा १२२ जनाको मोतिविन्दुको निःशुल्क शल्यक्रिया गरिएको छ

नयाँ बसपार्कबाट यात्रुवाहक सवारीसाधन सञ्चालन गर्न तीन दिनको समय

काठमाडौँ – काठमाडौँ महानगरपालिकाले नयाँ बसपार्कबाट एकीकृत यात्रुवाहक सवारीसाधन सञ्चालन

इरान वार्ता अघि नबढे इरानमा पुनः ‘बमबारी’ हुनसक्ने राष्ट्रपति ट्रम्पको धम्की

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग वार्ताका लागि उसको

राष्ट्रिय जुनियर टेनिसमा दर्शिल र सारालाई स्वर्ण पदक

कास्की – पोखरामा पाँचौँ संस्करणको मनुश्री–भिग्नजित राष्ट्रिय जुनियर टेनिस प्रतियोगिता

नेविसंघले माग्यो गृहमन्त्रीको राजीनामा

काठमाडौं – नेपाल विद्यार्थी संघले गृहमन्त्री सुधन गुरुङको विषयलाई लिएर