हामीले हाइड्रोजन गाडी दियौँ, स्टार्ट नहुँदै प्रधानमन्त्री हाम फाल्नुभयो : अध्यक्ष लिङ्देन « Khabarhub

हामीले हाइड्रोजन गाडी दियौँ, स्टार्ट नहुँदै प्रधानमन्त्री हाम फाल्नुभयो : अध्यक्ष लिङ्देन


६ चैत्र २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका अध्यक्ष राजेन्द्रप्रसाद लिङ्देनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई गाडी फेरिरहने ड्राइभरको संज्ञा दिएका छन् ।

प्रतिनिधिसभाको आजको बैठकलाई सम्बोधन गर्दै आफूहरुले हाइड्रोजन गाडी दिएपनि प्रधानमन्त्री प्रचण्डले स्टार्ट नहुँदै हाम फालेको टिप्पणी गरे ।

अनुभव पनि भएको र पहिले पनि गाडी हाँकेको देखेर आफूहरुले गाडी हाँक्न दिएको भएपनि प्रचण्डले गाडीबाट हाम फालेको बताए । उनले केही दिनअघि मात्र सरकारबाट अलग्गिएको दल राप्रपाले अहिले नै विश्वासको मत दिने अवस्था आइनसकेको बताए ।

अध्यक्ष लिङ्देनले भने, “विकास, सुशासन र सेवा प्रवाहमा एकाकार भएर काम गर्ने अठोट गरिएकामा सत्ता घटकलाई समेत जानकारी नदिइ बाटो फेर्नुभयो, प्रधानमन्त्रीजीलाई अर्को यात्राका लागि शुभकामना छ ।”

उनले देशको अर्थतन्त्रको अवस्था बाहिर देखिएको जस्ता सजिलो नरहेको बताए ।

प्रकाशित मिति : ६ चैत्र २०७९, सोमबार  ३ : ५५ बजे

म्याग्दीको भसभसेमा सडक भासिदा यातायात सञ्चालनमा समस्या

म्याग्दी– म्याग्दीको बेनी नगरपालिका–२ स्थित भसभसेको पहिरो म्याग्दी र मुस्ताङलाई

कांग्रेस उपसभापतिमा भण्डारी, आचार्य र चौधरी निर्वाचित, महामन्त्रीमा पौडेल र राणा विजयी

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत उपसभापति र महामन्त्री पदको मतगणना

आज नवरात्रको दोस्रो दिन, ब्रह्मचारिणी देवीको पूजा आराधना गरिँदै

काठमाडौँ– नवरात्रको दोस्रो दिन आज दसैँ घर वा पूजा कोठामा

सोमबारका लागि विदेशी मुद्राको विनिमयदर यस्तो छ

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

सोमबार भगवान शिवको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल असोज २६ गते सोमबार सन् २०२६