विश्वासको मतका लागि पेस भएको प्रस्तावमाथि निर्णय प्रक्रिया सुरु « Khabarhub

विश्वासको मतका लागि पेस भएको प्रस्तावमाथि निर्णय प्रक्रिया सुरु


६ चैत्र २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रतिनिधिसभाबाट विश्वासको प्राप्त गर्न पेस गरेको प्रस्तावमाथि मतविभाजन प्रक्रिया सुरु भएको छ ।

उनले नेपालको संविधानको धारा, १०० को उपधारा (२) बमोजिम प्रतिनिधिसभाबाट विश्वास प्राप्त गर्न प्रतिनिधिसभा नियमावली, २०७५ को नियम १५२ बमोजिम प्रस्ताव पेस गरेका हुन् ।

गत पुस १० गते प्रधानमन्त्रीमा नियुक्त भएका दाहालले तीन महिना पुग्दा नपुग्दै दोस्रो पटक विश्वासको मत लिन लागेका हुन् ।

यसअघि नेकपा एमालेसहितका राजनीतिक दलको प्रस्ताव र समर्थनमा उनले ९९ प्रतिशतभन्दा बढी विश्वासको मत प्राप्त गरेका थिए । राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनका सन्दर्भमा अघिल्लो गठबन्धनबीच मतऐक्यता हुन नसकेर एमाले र राप्रपा सरकारबाट बाहिरिएपछि प्रधानमन्त्रीले विश्वासको मत लिन अवस्था आएको हो ।

यसअघि प्रतिनिधिसभाको आजको बैठकमा दाहाल ‘प्रचण्ड’ ले राखेको विश्वासको मतसम्बन्धी प्रस्तावमाथि दलीय आधारमा छलफल भई प्रधामन्त्रीले उठेका प्रश्नको जवाफ दिइसकेका छन् ।

बैठकमा सभामुख देवराज घिमिरेले प्रधानमन्त्रीले पेस गरेको प्रस्तावमाथि सदस्यको हस्ताक्षरसहितको मत विभाजनको आधारमा छिनोफानो हुने र त्यसका लागि आवश्यक प्रक्रिया सुरु भएको जानकारी दिए ।

प्रकाशित मिति : ६ चैत्र २०७९, सोमबार  ५ : १६ बजे

कन्टेन्ट क्रिएटरमार्फत् ओझेलमा परेका पर्यटकीय गन्तव्य प्रबर्द्धन गरिने

काठमाडौँ– २०० भन्दा बढी कन्टेन्ट क्रिएटरमार्फत् ओझेलमा परेका नेपालका पर्यटकीय

बैजनाथ गाउँपालिकामा नौ किलोमिटर सडक निर्माण

बाँके– बाँकेको बैजनाथ गाउँपालिकाले गत आर्थिक वर्षमा नौ किलोमिटर सडक

त्रिभुवन विश्वविद्यालयमा जनशक्ति विकास कार्यक्रम

काठमाडौँ– त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले चालु आर्थिक वर्षमा जनशक्ति विकास

आज अपराह्नपछि मौसममा क्रमशः सुधार हुने

काठमाडौँ– जल तथा मौसम पूर्वानुमान महाशाखाले अर्नब चक्रवातको अवशेषका रूपमा

कोप–३१ मा सबै दलको सहभागिता गराउने सरकारको तयारी

काठमाडौँ– संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तनसम्बन्धी पक्ष राष्ट्रहरूको ३१औँ सम्मेलन (कोप–३१)