प्रधानमन्त्री कप थ्री नेसन्स कप फुटबल प्रतियोगिता बुधबारबाट सुरु हुँदै « Khabarhub

प्रधानमन्त्री कप थ्री नेसन्स कप फुटबल प्रतियोगिता बुधबारबाट सुरु हुँदै


६ चैत्र २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपाल, भुटान र लाओस सम्मिलित प्रधानमन्त्री कप थ्री नेसन्स कप फुटबल प्रतियोगिता चैत ८ गतेबाट काठमाडौंमा हुने भएको छ । अखिल नेपाल फुटबल संघ एन्फाले सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै थ्री नेसन्स कप चैत ८ देखि १७ गतेसम हुने जनाएको हो ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आयोजना हुने प्रतियोगितामा नेपालसहित भुटान र लाओसको सहभागिता रहने छ । सिंगल राउण्ड रोबिनको आधारमा हुने प्रतियोगिता शीर्ष दुई टोलीले उपाधिका लागि चैत १७ गते खेल्ने छन् ।

पहिलो खेलमा नेपालले लाओससँग चैत ८ गते खेल्नेछ । चैत ११ गते भुटान र लाओस भिड्ने छन् । त्यस्तै चैत १४ गते नेपाल र भुटान भिड्ने छन् ।

भुटानको सिनियर टोलीले तीन वर्षपछि प्रतियोगिता खेल्न लागेको द भुटान लाइभले जनाएको छ । भुटानले पछिल्लो पटक सन् २०१९ मा गुआमविरुद्ध अन्तर्राष्ट्रिय खेल खेलेको थियो ।

प्रकाशित मिति : ६ चैत्र २०७९, सोमबार  ९ : ३१ बजे

रवि–बालेन भेटमा के कुरा भयो ?

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र

केपी ओलीलाई ईश्वर पोखरेलको चेतावनी : पार्टीमा कसैलाई काखा, कसैलाई पाखा नगरियोस्

काठमाडौँ – नेकपा एमालेका नेता ईश्वर पोखरेलले पार्टीमा कसैलाई काखा

यसरी हुँदैछ नेपाल आउने पर्यटकमाथि निगरानी

काठमाडौँ- अध्यागमन विभागले यही पुस १७ गतेदेखि काठमाडौँका तारे होटलहरूमा

हर्क साम्पाङले गरे उपाध्यक्ष मित्र परियारलाई निलम्बन

काठमाडौं – श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले अनुशासन उल्लङ्घन

एमालेको मुख्य ध्याय प्रतिनिधि सभा पुनर्स्थापना हो, चाँडै यो सरकार ढल्छ

काठमाडौं । नेकपा एमालेको पदाधिकारीमा निर्वाचित एकमात्र महिला पद्मा अर्याल