अंग्रेजसँग विजय भएको खुसीयालीमा जितगढी उत्सव मनाइँदै « Khabarhub

अंग्रेजसँग विजय भएको खुसीयालीमा जितगढी उत्सव मनाइँदै


७ बैशाख २०८०, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

लुम्बिनी – जितगढीमा नेपाल–अङ्ग्रेजका बीचमा भएको युद्धमा नेपालले विजय हासिल गरेको खुसीयालीमा आज बुटवलमा जितगढी उत्सव मनाइदैछ । जितगढी किल्लामा कर्णेल उजिरसिंह थापा नेतृत्वको नेपाली फौजले १८७२ वैशाख ७ गते अङ्ग्रेज फौजमाथि जित हासिल गरेको थियो ।

सोही खुसीयालीमा बुटवल उपमहानगरपालिकाले जितगढी उत्सव मनाउँदै आएको छ । जितगढी उत्सवका अवसरमा आज जितगढी उत्सव मूल समारोह गोरखादेखि पैदलयात्रामा आएको नेपाली सेनाको टोलीलाई स्वागत गर्ने र पैदलयात्रा समापन गर्ने कार्यक्रम रहेको बुटवलका मेयर खेलराज पाण्डेयले बताए।

उनले बिहान १० बजे पैदलयात्री टोलीलाई स्वागत गर्ने र यात्राको समापन गर्ने कार्यक्रम रहेको र दिउँसो १२:३० बजे जितगढी किल्लामा मूल समारोहको कार्यक्रम रहेको बताए । जितगढी उत्सवका लागि सबै तयारी पूरा भएको प्रमुख प्रशासकीय अधिकृत टेकराज पन्थीले सुनाए ।

प्रकाशित मिति : ७ बैशाख २०८०, बिहिबार  १० : ३० बजे

नवरात्रको आठौँ दिन : महागौरी देवीको पूजा आराधना गरिँदै

काठमाडौँ – बडादसैँ एवं नवरात्रको आठौँ दिन दसैँ घर वा

आज २०८३ साल कात्तिक  १ गते आइतबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक १ गते आइतबार सन् २०२६

सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती

कास्की – पोखराको प्रसिद्ध शक्तिपीठ विन्ध्यवासिनी मन्दिरमा बडादसैँको सप्तमीका अवसरमा

म्यान्मामा सैन्य हवाई आक्रमण, ११ सर्वसाधारणको मृत्यु

ढाका – म्यान्माको मध्यक्षेत्रमा पर्ने एक गाउँमा सेनाले गरेको हवाई

बागमती किनारमा दसैँको रौनक, लिङ्गे पिङमा रमाउँदै बालबालिका (तस्बिरहरू)

काठमाडाैं – कुपोण्डोलस्थित बागमती नदी किनारमा दसैँको उमङ्ग, लिङ्गे पिङ