मृत भेटिए कोरियन पपस्टार मोनबिन « Khabarhub

मृत भेटिए कोरियन पपस्टार मोनबिन


७ बैशाख २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


156
Shares
  • change font
  • change font
  • change font

सोल – कोरियन पपस्टार मोनबिन अर्पाटमेन्टमा मृत भेटिएका छन्। २५ वर्षे पपस्टार सोलको गंगनम–गुको आफ्नो अपार्टमेन्टमा मृत भेटिएका हुन्। प्रहरीले उनले आत्महत्या गरेको अनुमान लगाए पनि विस्तृत विवरण पोस्टमार्टम पछिमात्र थाहा हुने जनाएको छ।

पुरुष व्याण्ड समूह एस्ट्रोमा सन् २०१६ मा जोडिनुअघि मोनबिन अभिनेता तथा मोडल थिए। यो ब्याण्ड के–पप ग्रुपको लोकप्रिय ब्याण्डमा पर्छ। उनले मोनबिन र सान्हाजस्ता साना समूहमा पनि गीत गाएका थिए।

एस्ट्रोमा जोडिनु अघि मोनबिन एजेन्सी फान्टागियोको प्रशिक्षण कार्यक्रममा थिए। यो समूहले हालसम्म जम्मा ६ वटा मात्र प्रस्तुति दिएको छ। यही बीचमा ब्याण्डका एक सदस्यले गत फेब्रुअरीमा व्याण्ड छोडेका थिए।

उनकी बहिनी मोन सुआ पनि के–पप गायिका हुन्। उनी महिला समूह बिलीमार्फत गीत गाउँछिन्। हालको वर्षमा आफ्नो ज्यान गुमाउने मोनबिन पछिल्लो कोरियन स्टार हुन्।

अन्य विकसित मुलुकको तुलनामा दक्षिण कोरियामा युवा आत्महत्याको दर उच्च छ। सरकारले आत्महत्याको दरलाई न्यूनीकरणको प्रयास गरे पनि त्यो प्रभावकारी हुन सकेको छैन।

प्रकाशित मिति : ७ बैशाख २०८०, बिहीबार  १२ : २४ बजे

वन कार्यालय भोजपुरद्वारा काठ बरामद

भोजपुर– डिभिजन वन कार्यालय भोजपुरले अवैध रूपमा काटिएका खयरको काठ

राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु

इटहरी– इटहरी उपमहानगरपालिकाको आयोजनामा आइतबारदेखि नगरस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता

सुदूरपश्चिममा १८ जना महिला उम्मेदवार चुनावी मैदानमा

महेन्द्रनगर– आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा सुदूरपश्चिम प्रदेशबाट दुई जना स्वतन्त्रसहित

तस्बिरमा हेर्नुहोस्, हेटौँडाको राष्ट्रियसभा निर्वाचन 

काठमाडौं– बागमती प्रदेशको हेटौडामा सुरु भयो राष्ट्रिय सभा सदस्य निर्वाचित

गोरखामा सुन्तला उत्पादन १५ प्रतिशत वृद्धि

गोरखा– जिल्लामा यस वर्ष सुन्तला उत्पादन १५ प्रतिशतले वृद्धि भएको