चितवन क्षेत्र नं २ : मतदानस्थलमा खटिए कर्मचारी « Khabarhub

चितवन क्षेत्र नं २ : मतदानस्थलमा खटिए कर्मचारी


७ बैशाख २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

चितवन– चितवन क्षेत्र नं २ मा यही वैशाख १० गते हुने उपनिर्वाचनका लागि मतदानस्थलमा कर्मचारी खटिएका छन् । ४३ स्थलका एक सय ३८ केन्द्रमा छ सय ९० कर्मचारी खटिएका हुन् । मुख्य निर्वाचन अधिकृतको कार्यालयका सूचना अधिकारी ईश्वरी आचार्यका अनुसार मतदान अधिकृतलाई दुई दिनको तालिमसँगै आज मतदान केन्द्रमा खटाइएको छ । 

एक मतदान केन्द्रमा पाँच जना कर्मचारी खटाइएको उनले जानकारी दिए। कर्मचारीसँगै निर्वाचनका लागि आवश्यक ७७ प्रकारका सामग्री पठाउन लागिएको उनले बताए । मुख्य निर्वाचन अधिकृतको कार्यालयबाट मतपत्र र जिल्ला निर्वाचन कार्यालयबाट अन्य सामग्री वितरण गरिएको छ ।

उप निर्वाचनका लागि एक लाख ३८ हजार मतपत्र चितवन आइसकेका छन् । हरेक मतदान केन्द्रमा मतदाता सङ्ख्याभन्दा पाँचदेखि १० प्रतिशत बढी मतपत्र पठाइने उनले बताए। मतदान केन्द्रमा कर्मचारी खटिएसँगै स्थानीयस्तरमा दलका प्रतिनिधिसँग छलफल र अन्य प्रक्रिया सुरु गरिने छ ।

मतदानका लागि कर्मचारीसँगै सुरक्षाकर्मीसमेत आज साँझनै हरेक स्थलमा पुगिसक्ने उनले बताए। यस क्षेत्रमा एक लाख २४ हजार छ सय ९५ मतदाता रहेका छन् । तीमध्ये ६३ हजार दुई ९१ महिला, ६१ हजार चार सय तीन पुरुष र एक जना तेस्रो लिङ्गी रहेका छन् ।

प्रकाशित मिति : ७ बैशाख २०८०, बिहीबार  ४ : १४ बजे

टिपर दुर्घटनामा एक युवकको मृत्यु

पाल्पा– पाल्पाको रिब्दीकोट गाउँपालिका–२ जोर्तेस्थित विश्वकर्मा मन्दिर नजिकै टिपर दुर्घटना

कांग्रेसको निर्णायक वार्ता महाराजगञ्जमा : सभापति देउवा र महामन्त्रीद्वयबीच छलफल

काठमाडौं – कांग्रेसको विवाद समाधानका लागि सभापति शेरबहादुर देउवा निवास

मधेशमा हुस्सु र कुहिरो, पहाडी भागमा आंशिक बादल

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

अमर रहनेछन् प्रशान्त

काठमाडौं – ४३ वर्षको उमेर गायक प्रशान्तले केही दिनअघि धर्तीबाट

दुईवटा फर्म विभागको कारबाहीमा

काठमाडौं– नियमित रूपमा बजारको अनुमगन तथा निरीक्षण गर्दै आएको वाणिज्य,