नायब सुब्बासहित लेखापढी व्यवसायमाथि आरोपपत्र दायर « Khabarhub

नायब सुब्बासहित लेखापढी व्यवसायमाथि आरोपपत्र दायर


७ बैशाख २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


126
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नायब सुब्बासहित लेखापढी व्यवसायीलाई भ्रष्टाचार गरेको भन्दै आरोपपत्र दायर गरेको छ ।

कार्यालयले जलेश्वर, महोत्तरी, भूमिसुधार तथा मालपोत कार्यालयका नायब सुब्बा रामकृष्ण पण्डित र भू-सेवा केन्द्रका लेखापढी व्यवसायी शुभाष चन्द्रलाल कर्णविरुद्ध आज विशेष अदालतमा आरोप पत्र दायर गरेको हो ।

आयोगका प्रवक्ता भोला दाहालका अनुसार नायब सुब्बा पण्डितले दाखिला खारेज गरी जग्गाधनी पुर्जासमेत दिलाइदिने भन्दै सेवाग्राहीसँग नौ हजार घुस मागी लेखापढी व्यवसायी कर्णलाई राख्न दिई भ्रष्टाचारजन्य कसुर गरेको आरोपमा मुद्दा दायर गरिएको हो ।

आयोगको कार्यालय बर्दिबासबाट खटिएको टोलीले निजलाई सेवाग्राहीसँग नौ हजार घुस लिँदै गरेको अवस्थामा अघिल्लो वर्ष फागुन १८ गते नियन्त्रणमा लिइएको थियो ।

प्रकाशित मिति : ७ बैशाख २०८०, बिहीबार  ४ : १७ बजे

टिपर दुर्घटनामा एक युवकको मृत्यु

पाल्पा– पाल्पाको रिब्दीकोट गाउँपालिका–२ जोर्तेस्थित विश्वकर्मा मन्दिर नजिकै टिपर दुर्घटना

कांग्रेसको निर्णायक वार्ता महाराजगञ्जमा : सभापति देउवा र महामन्त्रीद्वयबीच छलफल

काठमाडौं – कांग्रेसको विवाद समाधानका लागि सभापति शेरबहादुर देउवा निवास

मधेशमा हुस्सु र कुहिरो, पहाडी भागमा आंशिक बादल

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

अमर रहनेछन् प्रशान्त

काठमाडौं – ४३ वर्षको उमेर गायक प्रशान्तले केही दिनअघि धर्तीबाट

दुईवटा फर्म विभागको कारबाहीमा

काठमाडौं– नियमित रूपमा बजारको अनुमगन तथा निरीक्षण गर्दै आएको वाणिज्य,