कुमारी बैंक र सीजी मोटर कोर्पबीच सम्झौता « Khabarhub

कुमारी बैंक र सीजी मोटर कोर्पबीच सम्झौता


७ बैशाख २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


462
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– कुमारी बैंक लिमिटेड र सीजी मोटर कोर्पबीच ग्राहकहरूलाई सुजुकी ब्रान्डका सवारी साधन खरिदका लागि कर्जा प्रदान गर्ने सम्झौता भएको छ ।

सवारी साधनको लोकप्रियता नेपालमा बढिरहेको र सोही अनुरूप आफ्ना ग्राहकहरुको माग पूरा गर्न कुमारी बैंक लिमिटेडले आफ्ना देशव्यापी शाखाहरुबाट सहज रुपमा सुजुकी ब्रान्डका सवारी साधनहरू खरिदका लागि कर्जा उपलब्ध गराउने भएको छ ।

यस सहकार्य पश्चात् कुमारी बैंकका ग्राहकहरूले अब नेपालको कुनै पनि सुजुकीका डिलरहरुबाट सवारी साधन खरिद गर्दा कुमारी बैंक लिमिटेडबाट सजिलै बिजक मूल्यको ७०% सम्म कर्जा प्राप्त गर्न सक्नेछन् साथै सो कर्जा ८ वर्ष अवधिसम्मका लागि लिन मिल्ने प्रावधान छ ।

कुमारी बैंकले आफ्ना देशव्यापी ३०४ शाखा सञ्जाल, २९५ एटिएम, ६२ शाखारहित बैंकिङ इकाई तथा ४८ एक्सटेन्सन काउन्टरबाट अत्याधुनिक बैंकिङ सुविधाहरू दिँदै आएको र आगामी दिनहरूमा अझ सुरक्षित, सरल, सुलभ तथा उत्कृष्ट सेवा प्रदान गर्न डिजिटल पूर्वाधार प्रविधि र क्षमतालाई सुदृढ पार्दै लगिने प्रतिबद्धता जनाएको छ ।  

प्रकाशित मिति : ७ बैशाख २०८०, बिहीबार  ६ : २९ बजे

आजको मौसम पूर्वानुमान : यस्तो छ मौसम

काठमाडौँ – नेपाल मौसम विज्ञान विभागले आज दिउँसो कोशी, बागमती

दसैँ असत्यमाथि सत्यको विजय उत्सव भन्दै राष्ट्रपतिले दिए बडादसैँको शुभकामना

काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलले बडादसैँ २०८३ का अवसरमा स्वदेश

घ्यूका नाममा बेच्न प्रतिबन्धित चिल्लो पदार्थ बरामद

कर्णाली – खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय सुर्खेतले वीरेन्द्रनगरस्थित

विश्वकप लिग-२ : नेपाल र क्यानडा भिड्दै, किन विशेष छ आजको खेल ?

काठमाडौँ – ओमानमा जारी आइसिसी विश्वकप लिग–२ एकदिवसीय क्रिकेट प्रतियोगितअन्तर्गत

नवरात्रको सातौँ दिन : घरघरमा फूलपाती भित्र्याइँदै

काठमाडौँ – नवरात्रको सातौँ दिन दसैँ घर वा पूजा कोठामा