कपिलवस्तुको विजयनगरमा आगलागी हुँदा २६ घरगोठ जलेर नष्ट  | Khabarhub Khabarhub

कपिलवस्तुको विजयनगरमा आगलागी हुँदा २६ घरगोठ जलेर नष्ट 


७ बैशाख २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

चन्द्रौटा– कपिलवस्तुको विजयनगर गाउँपालिकामा आगलागी हुँदा २६ घरगोठ जलेर नष्ट भएका छन् । गाउँपालिको वडा नं ५ सिसवामा आज बिहान ११ बजेदेखि सुरु भएको आगो तीन घन्टापछि नियन्त्रणमा आएको वडाध्यक्ष अनवर मुसलमानले बताए। फुसका नौवटा घर पूर्ण, १७ वटा आंशिक गरी २६ वटा घरगोठ जलेर नष्ट भएको इलाका प्रहरी कार्यालय गणेशपुरले जनाएको छ ।

आगोले खाद्यान्न, लत्ताकपडा, कागजपत्रलगायतको सामग्री जलेर नष्ट भएको प्रहरी निरीक्षक कृष्ण रानाले जानकारी दिए । आगलागीमा परी एउटा पाडो जलेर मरेको बताइएको छ । मानवीय क्षति नभएको प्रहरी निरीक्षक रानाले बताए । स्थानीय कुसुम पासीको घरबाट सुरु भएको आगोले गाउँमा भएका फुसका घरगोठ जलेका हुन् । आगलागीका कारण रु एक करोडभन्दा बढीको क्षति भएको वडाध्यक्ष मुसलमानले बताए । आगलागीका कारण अहिले खुल्न सकेको छैन ।

शिवराज नगरपालिका, कृष्णनगर नगरपालिका, प्रहरी सशस्त्र प्रहरी, जनप्रतिनिधि र स्थानीयवासीको सहयोगमा तीन घन्टापछि आगो नियन्त्रण आएको हो । आगलागीस्थलमा लुम्बिनी प्रदेश उद्योग पर्यटन तथा यातायात व्यवस्थामन्त्री जानकी यादव पुगेकी छन्। अग्निपीडितका लागि राहत व्यवस्थापन गर्ने यादवले जनाइन् । गाउँपालिकाका अध्यक्ष गोपाल थापाले पालिकाले पीडितहरूलाई राहतको व्यवस्थापन गर्ने बताए।

प्रकाशित मिति : ७ बैशाख २०८०, बिहीबार  ६ : ५३ बजे

चीनद्वारा अमेरिकाको ‘शीत युद्ध मानसिकता’को आलोचना

एजेनसी – चीनले शुक्रबार ल्याटिन अमेरिकामा संयुक्त राज्य अमेरिकाको ‘शीतयुद्ध

आवासीय चिकित्सकहरूले सरकारीसरह निर्वाह भत्ता पाउने 

काठमाडौं– निजी मेडिकल कलेजमा अध्ययनरत आवासीय चिकित्सकलाई सरकारी सरहको निर्वाह

दश यात्रु बोकेको विमान अलास्का क्षेत्रबाट बेपत्ता, दुर्घटनाको आशंका

एजेन्सी – अमेरिकाको उत्तरपश्चिमी राज्य अलास्कामा बिहीबार १० जना यात्रु

दोलखामा पीपीआरविरुद्ध भ्याक्सिन दिन सुरु 

दोलखा– जिल्ला भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र दोलखाले

घरेलु भूमिमा नेपालले एउटै खेल जितेन, सिरिजको उपाधि थाइल्याण्डलाई

काठमाडौं – अन्तिम खेलमा पनि नेपाललाई पराजित हुन पुगेको छ