समाचार

भारतीय सांस्कृतिक सम्बन्ध परिषदको स्थापना दिवस मनाइयो

By खबरहब

April 20, 2023

काठमााडौँ – ७३औं भारतीय सांस्कृतिक सम्बन्ध परिषद् (आईसीआरआर) स्थापना दिवस बुधबार काठमाडौँमा मनाइएको छ । काठमाडौंस्थित भारतीय राजदूतावासअन्तर्गत रहेको स्वामी विवेकानन्द सांस्कृतिक केन्द्रले दूतावासमा एक कार्यक्रमको आयोजना गरी आईसीआरआर स्थापना दिवस मनाएको हो ।

भारतीय सांस्कृतिक सम्बन्ध परिषदका पूर्व छात्रहरूको बीचमा मित्रतालाई प्रगाढ बनाउने उद्देश्यसहित स्थापना दिवसको अवसरमा शास्त्रीय संगीतसहित मनोरञ्जन गरिएको थियो ।कार्यक्रमको उद्घाटन दूतावासका उपप्रमुख प्रसन्न श्रीवास्तवले गरेका थिए ।

सो अवसरमा नेपालका अभिनेता पुष्प खड्कासमेत सहभागी भएका थिए । कार्यक्रममा कलाकारहरूले विभिन्न विधाका शास्त्रीय संगतीहरूले दर्शकहरूलाई मनोरञ्जन दिएका थिए ।