विराटनगरमा माछामासु बिक्री वितरण व्यवस्थित गरिने « Khabarhub

विराटनगरमा माछामासु बिक्री वितरण व्यवस्थित गरिने


७ बैशाख २०८०, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


162
Shares
  • change font
  • change font
  • change font

विराटनगर – विराटनगर महानगरपालिकाले नगर क्षेत्रमा माछामासु विक्री वितरण व्यवस्थित गर्ने भएको छ । विराटनगरका विभित्र स्थानमा खुल्ला रुपमा माछामासु बिक्री गर्ने गरेको पाइएकाले यसलाई व्यवस्थित गर्न लागिएको हो ।

पशु बधशाला तथा मासु जाँच ऐन–२०५५ ले खुल्ला रुपमा पशुपक्षीको बध गर्न र बिक्री वितरण गर्न प्रतिबन्ध लगाएको छ । राजधानीका साथै कोशी प्रदेशको एक मात्र महानगरपालिका भएकाले विराटनगरलाई व्यवस्थित गर्नु जरुरी रहेको नगरप्रमुख नागेश कोइरालाले बताए ।

“विराटनगरलाई सफा, सुन्दर र व्यवस्थित बनाउने दायित्व सबैको हो”, उनले भने , “महानगरले सञ्चालन गरेका अन्य अभियानजस्तै माछामासु बिक्री वितरणलाई पनि व्यवस्थित बनाउने अभियानमा विराटनगरवासीबाट साथ र सहयोगको अपेक्षा गरेको छु ।” महानगरले हाल सरसफाइ, फुटपाथ नियन्त्रण, कर सङ्कलन, नो पार्किङलगायत अभियान जारी राखेको छ ।

महानगरका प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद कोइरालाले यही वैशाख १५ गतेदेखि लागू हुनेगरी सार्वजनिकस्थल, खुल्ला ठाउँ, तोकिएको स्थान र क्षेत्रका साथै व्यवस्थित पसलमा बाहेक पशुपक्षी बध गर्न निषेध गरिएको बताए । विराटनगरमा अहिलेसम्म पनि नगरपालिकाले पशु बधशााला निर्माण गर्न सकेको छैन, वडा नं ८ बनाउन लागिएको बधशाला उपयुक्त नभएको यसमा नगरपालिकाले गरेको खर्च निरर्थक भएको छ ।

प्रकाशित मिति : ७ बैशाख २०८०, बिहिबार  ९ : ३५ बजे

एनपीएलको तेस्रो संस्करण आजदेखि, उद्घाटन खेलमा सुदूरपश्चिम र लुम्बिनीबीच प्रतिस्पर्धा

काठमाडौँ– नेपाली क्रिकेटको महाकुम्भ नेपाल प्रिमियर लिग (एनपीएल) आजदेखि सुरु

कात्तिक स्नान, तुलसी पूजा र आकाशदीपदान आजदेखि सुरु

काठमाडौँ– प्रत्येक वर्ष आश्विन शुक्ल पूर्णिमाका दिन सुरु हुने कात्तिक

आज सोमबार, भगवान शिवको यसरी पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल कात्तिक ९ गते सोमबार सन् २०२६

आज २०८३ साल कात्तिक ९ गते सोमबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक ९ गते सोमबार सन् २०२६

दशैंपछि मुक्तिनाथ मन्दिरमा दर्शनार्थी बढे

मुस्ताङ – हिन्दु तथा बौद्ध धर्मालम्बीहरुको धार्मिक साझा तीर्थस्थल मुक्तिनाथ