भारतीय राष्ट्रपति मुर्मूद्वारा राष्ट्रपति पौडेलको स्वास्थ्यलाभको कामना « Khabarhub

भारतीय राष्ट्रपति मुर्मूद्वारा राष्ट्रपति पौडेलको स्वास्थ्यलाभको कामना


७ बैशाख २०८०, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


87
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – भारतका राष्ट्रपति द्रौपदी मुर्मूले भारतको नयाँदिल्लीमा उपचारार्थ रहेका राष्ट्रपति रामचन्द्र पौडेलको शीघ्र स्वास्थ्यलाभको कामना गरेकी छिन् ।

भारतीय राष्ट्रपति मुर्मूले आज उनको स्वास्थ्यलाभको कामना गर्दै पठाएको सन्देश प्राप्त भएको नयाँदिल्लीस्थित नेपाली दूतावासले जनाएको छ । राष्ट्रपति पौडेल उपचारका लागि बुधबार भारत प्रस्थान गरेका हुन् ।

उनको स्वास्थ्य परीक्षण तथा उपचार नयाँदिल्लीस्थित अखिल भारतीय आयुर्विज्ञान संस्थानमा बुधबारदेखि भइरहेको दूतावासले जनाएको छ । उपचारमा संलग्न चिकित्सकहरूका अनुसार राष्ट्रपति पौडेलको स्वास्थ्य अवस्थामा सुधार हुँदै गएको छ ।

प्रकाशित मिति : ७ बैशाख २०८०, बिहिबार  ९ : ५८ बजे

लागूऔषधसहित देशका विभिन्न भागबाट १३ जना पक्राउ

काठमाडौँ– नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न भागबाट लागूऔषधसहित

कांग्रेसको विशेष बैठक बस्दै, सभापति थापाले समसामयिक विषयमा सम्बोधन गर्ने

काठमाडौँ– प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको

एनपीएल : आज जनकपुर र पोखराबीच प्रतिस्पर्धा हुँदै

काठमाडौँ– तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज (आइतबार)

पहिरोले बीपी राजमार्गसहित विभिन्न सडक अवरुद्ध

काठमाडौँ– प्रहरी प्रधान कार्यालयले लगातारको वर्षाका कारण खहरेखोलाबाट लेदोसहित ढुङ्गामाटो

अर्नब चक्रवातको प्रभाव कमजोर हुँदै, मौसममा सुधार

काठमाडौँ– मौसम पूर्वानुमान महाशाखाले अर्नब चक्रवातको अवशेषका रूपमा पश्चिम नेपाल