मुगु-काठमाडौँ बस सेवा सुरु, रारा पुग्न सहज « Khabarhub

मुगु-काठमाडौँ बस सेवा सुरु, रारा पुग्न सहज


६ जेठ २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.1k
Shares
  • change font
  • change font
  • change font

मुगु –  मुगु जिल्ला सदरमुकाम गमगढी बजारबाट काठमाडौँसम्म सिधा बस सेवा सुरु भएको छ । मुगुमा पहिलो पटक गमगढी-काठमाडौँ सिधा बस सेवा सुरु भएको हो ।

क्षेत्रीय कार्यालय नेपालगन्ज रहेको भेरी यातायात र बागेश्वरी यातायातले संयुक्त रूपमा गमगढी बजारमा कार्यालय स्थापना गरी शुक्रवार विधिवत् रूपमा उद्घाटन गरेका छन्। यी यातायतले अब गमगढीदेखि सुर्खेत, नेपालगन्ज हुँदै काठमाडौँसम्म बस सञ्चालन गर्नेछन्।

मुगु २०६९ सालमा केन्द्रीय सडक सञ्जालमा जोडिएको थियो । तत्कालीन प्रधानमन्त्री डा. बाबुराम भट्टराईले यो सडकको उद्घाटन गरेका थिए।

राजधानीसँग सिधै बस सेवा सुरु भएसँगै नेपालकै ठुलो ताल रारा र हिन्दुहरूको पवित्र तीर्थस्थल छायानाथ पुग्न आन्तरिक तथा बाह्य पर्यटकलाई सहज हुने छ।

प्रकाशित मिति : ६ जेठ २०८०, शनिबार  ७ : ०६ बजे

‘पर्वले एकता र मेलमिलापको वातावरण बनाउँछ’

काठमाडौं– नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पर्वहरूले सामूहिक भावना

तनहुँमा ५९ हजार कुखुराको बीमा

तनहुँ– तनहुँमा ७१ हजारभन्दा बढी पशुको बीमा गरिएको छ ।

‘पाँडे’ टिमको फिल्ममा बालेनले फेरि गाउलान् गीत ?

काठमाडौं – प्रचार रणनीतिले कन्टेन्टमा दम भएका फिल्मलाई दर्शक सहज

भेडापालक किसानलाई अनुदान

बागलुङ– बागलुङको निसीखोला गाउँपालिकाले भेडापालक किसानलाई प्रविधिसँग जोड्न थालेको छ

वीरगञ्ज हुँदै ४० अर्बका सामान निर्यात

वीरगञ्ज– वीरगञ्ज हुँदै चालु आर्थिक वर्षको पाँच महिनामा ३९ अर्ब