भक्तपुरका स्कुलमा अब मतदानमार्फत क्याप्टने चुनिने « Khabarhub

भक्तपुरका स्कुलमा अब मतदानमार्फत क्याप्टने चुनिने


६ जेठ २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

भक्तपुर– भक्तपुरको एउटा स्कुलमा शुक्रबार चुनावको झल्को दिने मिनी चुनाव भएको छ । एभरेष्ट इगलिश स्कुल मिवाछें ब्यासी भक्तपुरमा चुनावको झल्को दिने गरी मिनी चुनाव भएको हो । जसअनुसार स्कुलका छात्र छात्राहरूले मतदान प्रक्रियाबाट आफ्ना नेता आफै मत दिएर छानेका हुन् । 

स्कुलमा कक्षा ६ देखि १० सम्मका ६ सय भन्दा वढी विद्यार्थी मतदानमा सहभागी भएका थिए । उनीहरूले बिहान १० बजेदेखि दिउँसो दुई बजेसम्मको समयभित्र मतदान गरेका थिए । लाइन बसेर उनीहरूले स्कुल परिसरभित्रै रहेको एउटा मतदान केन्द्रको तीन वटा बुथमा मतदान गरेका थिए । मतदान सकेपछि दिउँसोबाटै मतगणना सुरु गरिएको थियो । मत गणनापछि एक जना क्याप्टेन र अर्को सहायक क्याप्टेन गरेर दुई जना विद्यार्थी विजयी बनेका छन् ।

मतदान अघि उम्मेदवारहरूको मनोनयन, दाबी विरोध, अन्तिम नामावली प्रकाशन, मतदाता नामावली सार्वजनिक, प्रचारप्रसार गराइएको थियो । उम्मेदवार विद्यार्थीलाई त्यसका लागि कक्षाकोठा तथा दैनिक बिहानको एसेम्वलीमा ठाउँं दिइएको थियो । त्यसअनुसार निर्वाचन चिह्न पनि प्रदान गरिएको थियो । यही नियमित प्रक्रिया अनुसार गोप्य मतदान गराइएको थियो ।

स्कुलमा भएको यो पहिलो निर्वाचन भएको स्कुलले जनाएको छ । अबको दिनमा वर्षैपिच्छे यसरी नै मतदान गराई स्कुलको विद्यार्थी नेतृत्व छनौट गर्ने योजना रहेको स्कुलले जनाएको छ । स्कुलका अनुसार कक्षा १० मा अध्ययनरत विद्यार्थीहरूमध्ये प्रत्येक वर्षको जेठमा एकजना क्याप्टेन र अर्कौ सव क्याप्टेनका लागि निर्वाचन हुने छ । 

पालैपाले कुनै बेला छात्राहरुमध्येबाट क्याप्टेन र छात्रहरुमध्येबाट सव क्याप्टेन त कुनै वर्ष छात्रहरुमध्येबाट क्याप्टेन र छात्राहरुमध्येबाट सव क्याप्टेनका लागि चुनाव गर्ने योजना राखिएको छ । यो वर्ष क्याप्टेनका लागि कक्षा १० का पाँंच जना छात्रा र सव क्याप्टेनका लागि कक्षा १० कै चारजना विद्यार्थी प्रतिस्पर्धामा थिए । विद्यार्थीलाई निर्वाचन प्रणालीबारे अनुभव गराउन निर्वाचन गराइएको स्कुलले जनाएको छ ।

भक्तपुर नगरपालिका शिक्षा शाखाका प्रमुख कृष्णप्रसाद कर्माचार्यले भक्तपुर नगरभित्र झण्डै एक सय वटाको हाराहारीमा स्कुलहरु रहेको र ती स्कुलहरुमा फाटफुट रुपमा यसरी निर्वाचन गराई विद्यार्थी नेतृत्व छान्न लगाउने प्रक्रिया सुरु भएको जानकारी गराए । 

प्रकाशित मिति : ६ जेठ २०८०, शनिबार  २ : ४२ बजे

वैकल्पिक शक्ति एकैठाउँ नआए पुराना दलभन्दा बेकामे हुन्छन् : समीक्षा बास्कोटा (अन्तर्वार्ता)

काठमाडौं- उज्ज्वल थापाले सुरू गरेको वैकल्पिक धारको विवेकशील साझा पार्टी

रसुवागढीस्थित सुख्खा बन्दरगाहको सफाइ सुरु

रसुवा– रसुवागढीस्थित भन्सार कार्यालयसँगैको सुख्खाबन्दरगाहको सफा गर्ने काम सुरु भएको

भायानेटले ल्यायो ‘सुपरहिट इन्टरनेट प्याक’

काठमाडौं– भायानेट कम्युनिकेशन लिमिटेडले नयाँ ‘सुपरहिट इन्टरनेट प्याक’ सार्वजनिक गरेको छ

बालुवाटारमा सरकार र एमालेबीच संवाद

काठमाडौं– सरकार र नेकपा एमालेबीच द्विपक्षीय संवाद आज बालुवाटारमा भइरहेको

टर्कीको अदालतद्वारा इस्तानबुलमा विरोध प्रदर्शनका आरोपित चार पत्रकार रिहा

एजेन्सी– टर्कीको एक अदालतले बिहीबार एएफपी फोटोग्राफर यासिन अकगुलसहित चार