बलात्कार आरोप पछि फरार रहेका एक युवक काभ्रेबाट पक्राउ « Khabarhub

बलात्कार आरोप पछि फरार रहेका एक युवक काभ्रेबाट पक्राउ


६ जेठ २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


327
Shares
  • change font
  • change font
  • change font

बारा– प्रहरीले ६ महिना अघिको बलात्कार घटनामा संलग्न एक युवालाई काभ्रेपलाञ्चोकबाट पक्राउ गरी ल्याएको छ ।

एक १३ वर्षीया बालिकालाई बलात्कार गरी गत कात्तिक देखी फरार रहेका युवालाई काभ्रेबाट पक्राउ गरी ल्याइएको हो । 

यसरी पक्राउ पर्नेमा आदर्श कोतवाल गाउँपालिका–३ घटनियाका २५ वर्षीय बिशोरी बैठा रहेको बारा जिल्लाका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक पुरुषोत्तम पाण्डेले जानकारी दिएका छन् । उनका अनुसार बलात्कारको घटना लगत्तै फरार रहेका बैठालाई काभ्रे जिल्लामा लुकिछिपी रहेको जानकारी पाए पछि सोही स्थानमा गएर पक्राउ गरेर ल्याइएको हो । 

गत कात्तिक १६ गते बैठा र उनका साथीले शौचालय गर्न घर बाहिर निस्किएकी गाउँकै १३ वर्षीया बालिकालाई बलात्कार गरेका थिए । सो घटना पछि फरार रहँदै आएका बैठा पक्राउ परेका हुन । सो घटनामा संलग्न अर्का एकजना भने अझै फरार रहेका छन् ।

प्रकाशित मिति : ६ जेठ २०८०, शनिबार  ३ : ३६ बजे

रेलयात्रा नगर्न इरानी जनतालाई इजरायलको चेतावनी

काठमाडौँ – इजरायलले इरानी जनतालाई रेलमार्गको यात्रा नगर्न चेतावनी दिएको

यूएईमा घाइते भएका नेपाली खतरामुक्त

काठमाडौँ- युएईको खोर फक्कानमा भएको घटनामा गम्भीर घाइते भएका नेपाली

बुधबार धेरै स्थानमा वर्षा हुने, पश्चिममा बढी

काठमाडौं – जल तथा मौसम विज्ञान विभागले भोलि बुधबार देशका

चीन र रुसको भिटोपछि स्ट्रेट अफ होर्मुज खोल्ने प्रस्ताव असफल

न्यूयोर्क– इरान संकटबीच संयुक्त राष्ट्र (यूएन) मा स्ट्रेट अफ होर्मुज

गृहमन्त्री गुरुङद्वारा क्षतिग्रस्त बिपी राजमार्गको अवलोकन, विपत्तिमा ‘हेलीबाट’ उद्धार गर्न निर्देशन

काभ्रेपलाञ्चोक – गृहमन्त्री सुधन गुरुङले गत सालको क्षतिग्रस्त बिपी राजमार्गको