नौथरशेरा-सिमीताँजे जोड्ने सडकको कालोपत्रे कार्य सुरु « Khabarhub

नौथरशेरा-सिमीताँजे जोड्ने सडकको कालोपत्रे कार्य सुरु


६ जेठ २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

लमजुङ– दोर्दी गाउँपालिका ४ नौथर शेरादेखि सिमी ताँजे जोड्ने सडकको स्तरोन्नति सुरु भएको छ । सडकको एक कार्यक्रमका बीच गाउँपालिका अध्यक्ष युवराज अधिकारीले कालोपत्रे शिलान्यास गरेका हुन्  ।

अध्यक्ष अधिकारीले गुणस्तरीय सडक निर्माण गर्दै समयमै निर्माण कार्य सम्पन्न गर्न निर्माण व्यावसायीलाई आग्रह गरेका छन् । सडक निर्माणले विषेश गरी सिमी ताँजेका स्थानीय बढी लाभान्वित हुने र गाउँगाउँमा उत्पादित तरकारी तथा नगदेबाली बजारसम्म पुराउन र गाउँलेलाई गाउँसम्म पुग्न सहज हुने उनले बताए ।

नौथर शेरादेखि वडा नं. ६  सिमी र ताँजेसम्म ७ दशमलव ८५० किलोमिटर सडकको स्तरोन्नति कार्य सुरु भएको हो । संघीय सरकार र गाउँपालिकाको ५०५० प्रतिशत लगानीमा उक्त सडक निर्माण कार्य सुरु भएको गाउँपालिकाका प्राविधिक शाखा प्रमुख इन्जिनियर विश्वास पाण्डेले बताए । उनका अनुसार ७ करोड २० लाख रुपैयाँको स्टेमेट रहेकोमा निर्माण व्यावसायी देवकोटा–गणपति जेभी नुवाकोटले भ्याट सहित ५ करोड ३९ लाख रुपैयाँमा निर्माण सक्न सम्झौता गरेको छ ।

स्तरोन्नति कार्य अन्तर्गत कटिङ, चौडाइ गर्ने, मेशिनरी वाल लगाउने, नाली निर्माण गर्ने, ३ ठाउँमा कल्भर्ट राख्ने, ग्याविन जाली लगाउने लगायतका काम हुनेछ । सडक नालीसहित ८ मिटर चौडाइको हुनेछ । यो सँगै ३ किलोमिटर सडक कालोपत्र र ३ सय मिटर सडक ढलान हुने गाउँपालिका प्राविधिक शाखाले जनाएको छ ।

निर्माण व्यावसायीले गाउँपालिकासँग वैशाख १० गते सम्झौता गरेको थियो । २०८२ असार २५ गतेसम्म निर्माण सक्ने गरी सम्झौता गरेर प्राविधिक प्रमुख पाण्डेले बताए । सडक स्तरोन्नति सकिएपछि गाउँगाउँबाट नागरिकलाई गाउँपालिका कार्यालय आउन र सदरमुकाम बेँसीसहर आउजाउ गर्न पनि सहज हुने प्रमुख प्रशासकीय अधिकृत शम्सेर गुरुङले बताए  ।

प्रकाशित मिति : ६ जेठ २०८०, शनिबार  ४ : ११ बजे

ओली र लेखकलाई आइतबार अदालतमा पेश गरिने

काठमाडौँ– पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली र पूर्वगृहमन्त्री

ओली पक्राउबारे विष्णु रिमाल भन्छन् : निन्दनीय, पुर्जीसमेत गैह्रकानुनी छ

काठमाडौं-पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई पक्राउ गरेपछि

पक्राउ परेका पूर्वप्रधानमन्त्री ओलीको त्रिवि शिक्षण अस्पतालमा स्वास्थ्य परिक्षण

काठमाडौँ– नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई स्वास्थ्य

गोकुल बास्कोटाको टिप्पणी : बालेन युग आउँछ भन्थे, मुलुक ब्ल्याकहोलतिर गयो

काठमाडौं-पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई सरकारले पक्राउ

दाउन्नेमा सवारी दुर्घटना हुँदा तीन जनाको मृत्यु, १५ जना घाइते

नवलपरासी– नवलपरासी पश्चिमको बर्दघाट नगरपालिका–४ दाउन्नेस्थित पूर्व–पश्चिम राजमार्गमा गए राति