पोल्याण्ड लैजाने भन्दै अभिमुखीकरण गर्ने दुई विदेशी पक्राउ « Khabarhub

पोल्याण्ड लैजाने भन्दै अभिमुखीकरण गर्ने दुई विदेशी पक्राउ


६ जेष्ठ २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पोल्यान्डमा लैजाने भन्दै काठमाडौंमा बिनाअनुमति अभिमुखीकरण गर्ने दुई विदेशी नागरिक पक्राउ परेका छन् ।

 वैदेशिक रोजगार विभागले संयुक्त अरब इमिरेट्स (यूएई) को दुबईमा रहेको नर्थ अमेरिकन भिसा सर्भिस सेन्टरबाट आएका एलेग फेडोसिक र रिटा फिएटोसिक पक्राउ परेका हुन । 

पोल्यान्डको रोजगारीमा पठाउने भन्दै मेरियट होटलमा अभिमुखीकरण भइरहेको जानकारी पाए पछि उनीहरु पक्राउ परेका हुन ।

साथै, सो अभिमुखीकरणका सहयोगी इगल म्यानपावर कन्सलटेन्सीका सञ्चालक कृष्ण ढकाललाई आइतबार विभागमा हाजिरको आदेश दिइएको विभागका अनुसन्धान अधिकृत धर्म लम्सालले जानकारी दिए । 

 

प्रकाशित मिति : ६ जेष्ठ २०८०, शनिबार  ७ : ५८ बजे

बीपी राजमार्गको पहिरो र लेदो हटाइँदै

काठमाडौं– अविरल वर्षाका कारण अवरुद्ध बनेको बीपी राजमार्ग खुलाउने प्रयास

१७५ करोडमा बिक्यो शाहरुखको ‘किङ’ को विदेशी अधिकार

काठमाडौं– बलिउडका बादशाह शाहरुख खानको स्टारडम कति बलियो छ भन्ने

कान्सपछि अस्ट्रेलियामा पनि चम्कियो ‘एलिफेन्ट्स इन द फग’, अभिनेत्री लामालाई उत्कृष्ट अभिनयको अवार्ड

काठमाडौं– नेपाली फिल्म ‘एलिफेन्ट्स इन द फग’ले अन्तर्राष्ट्रिय फिल्म मञ्चमा

नौ जनाले जितिसके मोटरसाइकल र स्कुटर, म्याक्स टाइगरको अर्को भाग्यशाली को ?

काठमाडौं– म्याक्स टाइगरको ‘एनर्जाइज्ड दशैं धमाका २०२६’ अभियानअन्तर्गत देशका विभिन्न

हरिवंश ‘चिरञ्जीवी बाजे’ बनेर आउँदै

काठमाडौं– नेपाली फिल्म क्षेत्रमा सफल फिल्म ‘परान’मार्फत दर्शकको मन जितेका