प्रतिरक्षा सहयोग बढाउन भारत र अमेरिका सहमत « Khabarhub

प्रतिरक्षा सहयोग बढाउन भारत र अमेरिका सहमत


६ जेठ २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

वाशिङ्टन- भारत र अमेरिकाले पारस्परिक प्रतिरक्षा सहयोगलाई अझ सुदृढ बनाउने प्रतिबद्धता व्यक्त गर्दै त्यसलाई अझ सघन बनाउन सहमत भएका छन् । केही दिनअघि वासिङ्टनमा दुवै देशका रक्षा सचिवबीच भएको बैठकमा प्रतिरक्षा एवम् औद्योगिक सहयोगलाई अझ सघन बनाउने सहमति भएको हो ।

भारतका रक्षा सचिव गिरिधर अर्माने र उनका अमेरिकी समकक्षी कोलिन काहल नेतृत्वको द्विपक्षीय बैठकमा भारत–अमेरिका रक्षा साझेदारीको प्रगति समीक्षाका साथै त्यसलाई अझ घनीभूत तुल्याउनेबारेमा छलफल भएको रक्षा मन्त्रालयले जनाएको छ । सचिवद्वयले भारत–अमेरिका रक्षा नीति समूहको १७ औँ बैठकको सहअध्यक्षता पनि गरेका थिए ।

रक्षा मन्त्रालयका अनुसार बैठकमा भारत–अमेरिका सैन्य सहायता, द्विपक्षीय प्रतिरक्षा सम्झौताको कार्यान्वयन, हिन्द महासागर क्षेत्रमा जारी सैन्य अभ्यास, साझेदारीका भावी परियोजनाका महत्वपूर्ण पक्षमा छलफल भएको थियो । प्रविधि साझेदारी, दीर्घकालीन अनुसन्धान र विकास, आपूर्ति शृङ्खला, सुरक्षा सुधारलगायत प्रतिरक्षा तथा औद्योगिक सहयोग अभिवृद्धिमा छलफल केन्द्रित थियो ।

प्रतिरक्षासँग सम्बन्धित भारतीय र अमेरिकी प्रतिष्ठानहरूले मिलेर काम गर्न सक्ने सम्भावित क्षेत्र र परियोजनासहित भारतमा सह–विकास एवम् सह–उत्पादनलाई प्रवद्र्धन गर्ने बारेमा पनि छलफल भएको रक्षा मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । निजी र सरकारी क्षेत्रबीचको साझेदारी र सहकार्यलाई प्रोत्साहन गर्दै नवप्रवर्तनका परियोजनामा मिलेर काम गर्न दुवै पक्षले सहमति जनाएका छन् ।

अमेरिकी र भारतीय रक्षा मन्त्रालयबीचको सरकारी संयन्त्र रक्षा नीति समूहले प्रतिरक्षा नीतिमा विशेष ध्यान दिँदै द्विपक्षीय रक्षा सहयोगसम्बन्धी सबै पक्षको व्यापक समीक्षा गर्दै आएको छ । समूहका सुझाव र मार्गदर्शनलाई दुवै पक्षले पालना गर्दै आएका छन् ।

यसैबीच, अमेरिकी विदेश मन्त्रालयका प्रमुख उपप्रवक्ता वेदान्त पटेलले प्रधानमन्त्री नरेन्द्र मोदीको आगामी अमेरिका भ्रमणललाई लिएर नयाँदिल्ली र वासिङ्टनबीच झाङ्गिदै गएको सुम्बन्धको चर्चा गरेका छन् । आगामी असार ७ गते देखि प्रधानमन्त्री मोदी अमेरिकाको राजकीय भ्रमणमा आउँदै हुनुहुन्छ । भारतसँगको अमेरिकाको साझेदारी र सम्बन्ध प्रभावकारी रहेको बताउँदै प्रवक्ता पटेलले मोदीको भ्रमणबाट अमेरिका– भारत सुरक्षा सम्बन्ध अझ सुदृढ हुने बताए ।

प्रकाशित मिति : ६ जेठ २०८०, शनिबार  ६ : १४ बजे

प्राधिरकणले वर्षायाममा भारतलाई ८६ मेगावाट बिजुली बेच्ने

काठमाडौँ । नेपाल विद्युत प्राधिकरणले वर्षायाममा भारतलाई ८६ मेगावाट बिजुली

बाढी प्रभावित क्षेत्रमा अब ‘खोज तथा पुनःप्राप्ति’मा जाने सरकारको निर्णय

काठमाडाैं – सरकारले रसुवाको भोटेकोशी नदीमा गएको बाढीबाट प्रभावित क्षेत्रमा

विपद्पछिको हेली उद्धारमा २० करोड खर्च

काठमाडौं । सरकारले भोटेकोसी विपद्पछि हेलिकप्टरबाट गरिएको उद्धारमा २० करोड

१२ हजार रन पूरा गर्दै रोहित शर्माले बनाए अर्को कीर्तिमान

काठमाडाैं – भारतीय क्रिकेट टोलीका अनुभवी ब्याटर रोहित शर्माले एकदिवसीय

काठमाडौँका यी स्थानमा हुँदैछ ११ दिन विद्युत् कटौती

काठमाडौं। उपत्यकाका विभिन्न स्थानमा ११ दिन विद्युत् आपूर्ति कटौती हुने