समाचार

थप ३० जनामा कोरोना संक्रमण पुष्टि

By खबरहब

May 20, 2023

काठमाडौँ- नेपालमा थप ३० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

९ सय ४४ जनाको नमूना परीक्षण गर्दा पीसीआर विधिबाट १४ जना तथा एन्टीजेन विधिबाट १६ जनामा संक्रमण पुष्टि भएको हो ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार सोही समयमा १३ जना संक्रमणमुक्त भएका छन् ।