‘मेरो गाउँ मेरो ठाउँ’ भिडियो च्यालेन्जको मनोनयन सार्वजनिक « Khabarhub

‘मेरो गाउँ मेरो ठाउँ’ भिडियो च्यालेन्जको मनोनयन सार्वजनिक


६ जेठ २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


90
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – ‘मेरो गाउँ, मेरो ठाउँ’ भिडियो च्यालेन्ज २०२३ का लागि विभिन्न दस विधामा ७० वटा वृत्तचित्र मनोनयन भएका छन् । देशैभरबाट पठाइएका कुल २५८ मध्येबाट ७० वृत्तचित्र मनोनयन गरिएको हो ।

पर्यटकीय दृष्टिकोणले प्रचुर सम्भावना भएरपनि ओझेलमा परेका कुनै पनि महत्वपूर्ण प्राकृतिक, सांस्कृतिक सम्पदा, भेषभुषा, जातजातिको पहिचान, खानपान, कलासंस्कृति लगायतका विषयवस्तुमा केन्द्रित रही वि विल राइज फाउन्डेसनले राष्ट्रव्यापी वृत्तचित्र प्रतियोगिता ‘मेरो गाउँ, मेरो ठाउँ’ को आयोजना गर्दै आएको छ । फाउन्डेसनले गतवर्ष फाल्गुण १२ देखि यसवर्षको वैशाख २१ गतेसम्म वृत्तचित्र पठाउन आह्वान गरेको थियो । आयोजकले वेस्ट भिडियो अफ द इयर, जजेज च्वोइस अवार्ड, स्टोरी कन्सेप्ट/वेस्ट डिरेक्सन, वुनम भिडियो मेकर अफ दि इयर, फ्युचर स्टार अफ दि इयर, मोष्ट पोटेन्सियल डेस्टिनेसन, मोष्ट एर्नजेटिक भिडियो मेकर, वेष्ट स्क्रिप्ट/भ्वाईस ओभर, वेस्ट सिनेमाटोग्राफर र बेष्ट एडिटर गरी विभिन्न दश विधामा मनोनयन गरेको हो । प्रत्येक विधामा सात–सात वटा भिडियो मनोनित गरिएको छ ।

वृत्तचित्र छनौट टोलीमा निर्देशक भुषण दाहाल, अभिनेत्री करिश्मा मानन्धर, प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेत, निर्देशक तथा सिनेमाटोग्राफर सबनम मुखिया, नेपाल पर्यटन बोर्डकी म्यानेजर अर्चना केसी राना, नेपाल उद्योग परिसंघका महाप्रबन्धक दीपकराज जोशी (टुरिज्ज बोर्डका पूर्व सिईओ) र वि विल राइज फाउण्डेसनका निर्देशक निर्मल श्रेष्ठ निर्णायक छन् ।

उत्कृष्ट भिडियोहरू मध्य बेष्ट भिडियो अफ द इयरले पाँच लाख रुपैयाँ, जजेज च्वोइस अवार्डले दुई लाख र बाँकी सबै विधामा एक–एक लाख रुपैयाँ नगदसहित ‘मेरो गाउँ, मेरो ठाउँ भिडियो च्यालेञ्ज २०२३’ अवार्ड प्रदान गरिने आयोजकले जनाएको छ । प्रतियोगिताको ग्राण्ड फिनाले वि विल राइज फाउन्डेसन र नेपाल टेलिभिजनको सयुंक्त आयोजनामा जेठ १३ गते साँझ राष्ट्रिय सभागृह, काठमाडौँमा हुनेछ । कार्यक्रम नेपाल टेलिभिजनबाट प्रत्यक्ष प्रसारण गरिने आयोजकले जनाएको छ । कार्यक्रममा नेपाल पर्यटन बोर्ड र चलचित्र विकास बोर्डको समेत साथ रहेको छ ।

प्रकाशित मिति : ६ जेठ २०८०, शनिबार  ८ : २१ बजे

बंगलादेशका युवा खेलाडी अरिफुल इस्लाम कर्णाली याक्समा अनुबन्धित

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणका लागि कर्णाली

दाङका १६१ खाद्य व्यवसायमा अनुगमन

दाङ – खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय, तुलसीपुर

चितवनमा ३ हजार ३६२ मतदाताको नाम मतदाता नामावलीबाट हटाइयो

नारायणगढ – जिल्ला निर्वाचन कार्यालय, चितवनले मतदाता नामावली अद्यावधिक गर्ने

भारतमा विरोध प्रदर्शनमा थुनिएका व्यक्तिहरूलाई रिहा गर्न ‘यूएनएचसीआर’ को आग्रह

काठमाडौं – संयुक्त राष्ट्रसङ्घको मानव अधिकार उच्चायुक्तको कार्यालय (यूएनएचसीआर) ले

हुथी आक्रमणपछि रियाद विमानस्थल खाली गराइयो

रियाद – यमनका हुथीहरूले शनिबार रियादको अन्तर्राष्ट्रिय विमानस्थलमा क्षेप्यास्त्र प्रहार