दिल्लीलाई हराउँदै चेन्नई प्लेअफमा | Khabarhub Khabarhub

दिल्लीलाई हराउँदै चेन्नई प्लेअफमा


६ जेठ २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


885
Shares
  • change font
  • change font
  • change font

काठमाडौं । इण्डियन प्रिमियर लिग (आईपीएल) मा चेन्नई सुपर किङ्ग्सले प्लेअफमा स्थान बनाएको छ । समूह चरणको अन्तिम खेलमा दिल्ली क्यापिटललाई ७७ रनले हराउँदै चेन्नईले प्लेअफमा स्थान पक्का गरेको हो ।

जितका लागि २ सय २४ रनको विशाल विजयी लक्ष्य पछ्याएको दिल्लीले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १ सय ४६ रन बनायो ।

दिल्लीका कप्तान डेविड वार्नरले ५८ बलमा ७ चौका र ५ छक्कासहित सर्वाधिक ८६ रन बनाए। दिल्लीका यश धुल १३, अक्षर पटेल १५, पृथ्वी शा ५, फिलिप साल्ट ३, राइली रोसोउ डक र अमन खान हाकिमले ७ रन बनाए ।

चेन्नईका लागि तीव्र गतिका बलर दीपक चाहरले ३ विकेट, महेश पाथिरानाले २ विकेट लिए । तुषारदेश पाण्डे र रविन्द्र जडेजाले समान एक विकेट लिए ।

त्यसअघि टस जितेर पहिला ब्याटिङ रोजेको चेन्नईले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै २ सय २३ रन बनाएको थियो ।चेन्नईको सुरुवात निकै राम्रो रह्यो । ओपनरद्वय ऋतुराज गायकवाड र डेवोन कन्वेले पहिलो विकेटका लागि १४१ रनको साझेदारी गरे । कन्वेले ५२ बलमा ११ चौका र ३ छक्कासहित ८७ रन र गायकवाड ५० बलमा ३ चौका र ७ छक्कासहित ७९ रन बनाए ।

शिवम दुबे ९ बलमा ३ छक्कासहित २२ रनमा आउट भए । रविन्द्र जडेजा ७ बलमा ३ चौका र १ छक्कासहित २० रनमा नटआउट रहे ।धोनी ४ बलमा ५ रनमा नटआउट रहे ।

दिल्लीका लागि खलिल अहमद, एनरिच नोर्किया र चेतन सकारियाले समान एक विकेट लिए ।

यो जितसँगै चन्नईले १४ खेलबाट १७ अंक जोडेको छ र अंक तालिकाको दोस्रो स्थानमा छ । हारपछि दिल्ली भने १० अंकका साथ प्रतियोगिताबाटै बाहिरिएको छ ।

प्रकाशित मिति : ६ जेठ २०८०, शनिबार  ८ : ३६ बजे

जनार्दन, विप्लव र घनश्यामबीच भेटवार्ता, के कुरा भयो?

काठमाडौँ- नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लब, नेकपा एस (पुनर्गठन अभियान)

भ्रष्टाचार आरोपपछि युक्रेनी ऊर्जा मन्त्रीले दिइन् राजीनामा

किएभ – भ्रष्टाचार आरोप लागेपछि युक्रेनी ऊर्जा मन्त्री स्विटलाना ग्रिनचुकले

पेरुमा बस दुर्घटना हुँदा ३७ जनाको मृत्यु

लिमा – पेरुमा बुधबार एक बस ट्रकसँग ठोक्किँदा भएको सडक

मानव उद्धार केन्द्रमा मृत भेटिए धरानका राई

झापा– झापाको गौरादह नगरपालिका–५ महारानिझोडास्थित मानव उद्धार सेवा केन्द्रमा एक

जेनजी आन्दोलनका क्रममा तोडफोड तथा आगजनी गर्ने थप दुई जना पक्राउ

गण्डकी – कास्की प्रहरीले ‘जेनजी’ आन्दोलनका क्रममा कास्की जिल्लास्थित विभिन्न