ब्राउन सुगरसहित एक महिला पक्राउ « Khabarhub

ब्राउन सुगरसहित एक महिला पक्राउ


६ जेठ २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


93
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल प्रहरीले भद्रपुर विमानस्थलबाट एक महिलालाई लागूऔषध ब्राउनसुगरसहित पक्राउ गरेको छ ।

शनिबार बिहान ११ बजे भद्रपुर नगरपालिका–९ मा रहेको विमानस्थल सुरक्षार्थ खटिएको प्रहरीले चेकजाँचका क्रममा महिलालाई ब्राउनसुगरसहित पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा झापाको कमल गाउँपालिका–७ घर भई हाल काठमाडौंको नारायणथान डेरा गरी बस्ने २६ वर्षीया एन्जल राई रहेकी छन् ।

काठमाडौं आउन लागेकी उनलाई चेकजाँचका क्रममा उनले लगाएको भित्र वस्त्रमा प्याडको बीच भागमा प्लास्टिकको पोको पारेको अवस्थामा ब्राउनसुगर बरामद भएको हो ।

उनको साथबाट १५ ग्राम ६६० मिलिग्राम ब्राउनसुगर बरामत भएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ६ जेठ २०८०, शनिबार  ८ : ५२ बजे

रेलयात्रा नगर्न इरानी जनतालाई इजरायलको चेतावनी

काठमाडौँ – इजरायलले इरानी जनतालाई रेलमार्गको यात्रा नगर्न चेतावनी दिएको

यूएईमा घाइते भएका नेपाली खतरामुक्त

काठमाडौँ- युएईको खोर फक्कानमा भएको घटनामा गम्भीर घाइते भएका नेपाली

बुधबार धेरै स्थानमा वर्षा हुने, पश्चिममा बढी

काठमाडौं – जल तथा मौसम विज्ञान विभागले भोलि बुधबार देशका

चीन र रुसको भिटोपछि स्ट्रेट अफ होर्मुज खोल्ने प्रस्ताव असफल

न्यूयोर्क– इरान संकटबीच संयुक्त राष्ट्र (यूएन) मा स्ट्रेट अफ होर्मुज

गृहमन्त्री गुरुङद्वारा क्षतिग्रस्त बिपी राजमार्गको अवलोकन, विपत्तिमा ‘हेलीबाट’ उद्धार गर्न निर्देशन

काभ्रेपलाञ्चोक – गृहमन्त्री सुधन गुरुङले गत सालको क्षतिग्रस्त बिपी राजमार्गको