नेपाली पर्यटनमा रैथाने स्वाद र संस्कृति हुनुपर्छ : मन्त्री किराँती « Khabarhub

नेपाली पर्यटनमा रैथाने स्वाद र संस्कृति हुनुपर्छ : मन्त्री किराँती


६ जेठ २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले नेपाली पर्यटनमा रैथाने स्वाद र संस्कृति हुनुपर्ने बताएका छन्। उनले विदेशी ब्राण्डलाई नेपाल भित्र्याउनेभन्दा पनि यही भएका स्थानीय खानेकुरालाई ‘ब्राण्डिङ’ गरेर ठूला होटल तथा रेष्टुरेन्टमा भित्र्याउनुपर्ने बताए ।

बूढानीलकण्ठ नगरपालिका वडा नं ११ मा रहेको नेपाली मौलिक भान्सा घरको कार्यक्रममा उनले आर्थिक समृद्धिका निम्ति हामीले नेपाली उत्पादन नै उपभोग गर्नुपर्ने बताए । आज पनि हामी खर्बौँको खाद्यवस्तु आयात गरिराखेका छौँ । निर्यातको दृष्टिले हेर्दा नगन्य मात्रामा रहेको उनको भनाइ छ ।

मन्त्री किरातीले भने, “हाम्रो उत्पादन हाम्रै बजार भनेर हामी अघि बढ्नुपर्छ । विदेशी उत्पादन प्रयोगलाई नेपाली सबैले कम गर्न सक्नुपर्छ । ज्ञान, सीप र क्षमता भएका तन्नेरीहरू विदेश जानुपर्ने, विदेशबाट पठाएको पैसाले छोराछोरी र बाबुआमालाई आयात गरेर खाने खाद्यवस्तुले खासमा हामीलाई राष्ट्रवादी ठहराएको छैन ।” राष्ट्रवादी भनेको आफ्नै उत्पादन, आफ्नै बजार, आफ्नै आर्थिक विकास र समृद्धिको बाटो रोज्नुपर्ने उनले बताए ।

उनले भने, “नेपाली भान्सा घरमा आएर मैले देश देखेँ, देशको उत्पादन देखेँ, देशको समृद्धि देखेँ । सपनाले मानिसलाई डोर्याउँछ, सिर्जनाले मन्छे र समाजलाई सुन्दर बनाउँछ । नेपाली मौलिक भान्साघरमा तपाईँहरूले त्यही बाटो डोर्याउनुभएको रहेछ ।”

मौलिक भान्साघरका सञ्चालक सुमन दाहालले नेपाली भान्साघरमा ८४ थरिका परिकार आफ्नै स्वादमा खान पाइने बताए । उनले हप्ताका सात बार सात प्रदेशका विषेश परिकार, सात पक्षी सात स्वाद, सातै दिन सांस्कृतिक साँझ भनेर नयाँ ढङ्गले भान्सा घर सञ्चालन गरेको बताए । उनले बसे पनि सहर, गाउँकै खाने रहर नारालाई मध्यनजर गर्दै आएको जनाए।

त्यसैगरी डिजफर नेपलालका अशोक काफ्लेले बाझो जग्गामा उत्पादन गर्न सरकारले सम्बन्धित जग्गाधनीसँग सहजीकरण गर्न आवश्यक रहेको धारणा राखे । देशका अग्र्यानिक उत्पादनलाई बढाउनुपर्ने र बजारीकरण गर्नुपर्ने उनको भनाइ थियो ।

प्रकाशित मिति : ६ जेठ २०८०, शनिबार  ९ : ३६ बजे

बाढीपीडितलाई मोड्युलर आवासको तयारी, ६० प्रतिशतले रोजे भाडामा बस्ने विकल्प

काठमाडौं । रसुवा बाढीबाट प्रभावित नागरिकका लागि सरकारले अस्थायी आवास

कांग्रेस १५औँ महाधिवेशन : ६३ जिल्लाको वडा अधिवेशन सम्पन्न

काठमाडौं – नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत ६३ जिल्लाको वडा अधिवेशन

६३ जिल्लामा कांग्रेस वडा अधिवेशन सम्पन्न

काठमाडौं । नेपाली कांग्रेको वडा अधिवेशन ६३ जिल्लामा सम्पन्न भएको

बाढीले बगाएका लकरका धनी खोज्दै प्रहरी

नुवाकोट । भोटेकोशी र त्रिशूलीको बाढीले बगाएर ल्याएका नुवाकोट र

भोटेकोशी बाढीले पर्यटन क्षेत्रमा ५२ अर्ब  बढीको क्षति

काठमाडौं । भोटेकोशी तथा त्रिशूली नदीमा आएको बाढी र त्यसपछिको