एकदिवसीय विश्वकप छनोट : आज नेपाल र अमेरिकाको खेल हुँदै « Khabarhub

एकदिवसीय विश्वकप छनोट : आज नेपाल र अमेरिकाको खेल हुँदै


५ असार २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


780
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आईसीसी एकदिवसीय विश्वकप छनोटमा आज नेपालले समूह चरणको दोस्रो खेल खेल्दैछ । जिम्बावेमा जारी समूह चरणको दोस्रो खेलमा नेपालले आज (मंगलबार) अमेरिकासँग प्रतिस्पर्धा गर्न लागेको हो ।

पहिलो खेल जिम्बावेसँग आठ विकेटले पराजित नेपाल पहिलो जितको खोजीमा छ । अमेरिकासँगको खेल ताकाशिंगा स्पोर्ट्स क्लबमा मंगलबार दिउँसो १२ः४५ बजे सुरु हुँदैछ ।

नेपाल जस्तै अमेरिकासमेत प्रतियोगितामा पहिलो जितको खोजीमा छ । अमेरिका पहिलो खेलमा वेस्ट इन्डिजसँग ३९ रनले पराजित भएको थियो ।

नेपाल र अमेरिकाबीच यसअघि ६ वटा एकदिवसीय प्रतिस्पर्धा भएका छन् । जसमा जसमा नेपालले तीन जित, दुई हार र एक बराबरी गरेको छ ।

पहिलो खेलमा बलर नचल्दा जिम्बावेसँग आठ विकेटले पराजित नेपाललाई छनोट चरण पार गर्न अमेरिकासँगको खेल जित्नैपर्ने दबाब छ ।

नेपाल समूह ‘ए’ मा छ । नेपालले समूहको तेस्रो खेल असार ७ गते वेस्ट इन्डिज र अन्तिम खेल असार ९ गते नेदरल्यान्ड्ससँग खेल्दैछ ।

१० टोली सहभागी खेलको समूह ‘बी’ मा श्रीलङ्का, आयरल्याण्ड, स्कटल्याण्ड, ओमान र यूएई छन् ।

फाइनल पुग्ने दुई टोली अक्टोबर–नोभेम्बरमा भारतमा हुने एकदिवसीय विश्वकपमा छनोट हुनेछन् ।

 

प्रकाशित मिति : ५ असार २०८०, मंगलबार  ५ : ५० बजे

लागुऔषधसहित विभिन्न स्थानबाट १६ जना पक्राउ

काठमाडौं – प्रहरीले मुलुकका विभिन्न स्थानबाट अवैध लागुऔषधसहित १६ जनालाई

मनास्लु क्षेत्र पुगेका पर्यटक सुरक्षित, चुम उपत्यकाको पदयात्रा स्थगित

गोरखा – बूढीगण्डकी बाढीका कारण प्रभावित मनास्लु क्षेत्रको पदयात्रामा रहेका

बुढीगण्डकी बाढीले गोरखामा अवरुद्ध विद्युत जोड्ने कार्य तीव्र

गोरखा- ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयले बुढीगण्डकी तथा यसको सहायक

दाङमा टिप्परको ठक्करबाट बालकको मृत्यु

दाङ – टिपरको ठक्करबाट बालकको मृत्यु भएको छ । घोराही–लमही

चालु आर्थिक वर्षमा साढे ६७ करोडको धान खरिद गरिने

काठमाडौं । सरकारले चालु आर्थिक वर्षमा न्यूनतम समर्थन मूल्यमा १५